काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपाल इन्भेष्मेन्ट र मेगा बैंक मर्जर भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सञ्चालन खर्च बढ्दा दबाब देखिएको छ ।
निष्कृय कर्जा अनुपात बढेर ४.८३ प्रतिशत पुगेको बैंकको प्रोभिजन भने गत आवमा मर्जर अगाडि २ वटा बैंकको भन्दा घटेको छ ।
बैंकको नाफा भने गत आर्थिक वर्षको प्रथम त्रैमासमा दुइवटा बैंकको भन्दा घटेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ५२ करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ ।
जुन गत आर्थिक वर्षको प्रथम त्रैमासमा साविकको नेपाल इन्भेष्टमेन्ट बैंकले आर्जन गरेको १ अर्ब १४ करोड ६ लाख रुपैयाँ भन्दा ३३.४७ प्रतिशतले बढी हो ।
तर, गत आर्थिक वर्षको सोही अवधिमा मेगा बैंकले पनि ५० करोड ९२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस आधारमा बैंकको नाफा घटेको हो ।