काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सम्राट अशोकसँग तुलना गर्दै यस पटक आफूले नेपालको प्रधानमन्त्रीको रुपमा मात्र नभएर विश्वकै नेताको हैसियतमा भूमिका निर्वाह गरेको बताएका छन् ।
पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघदेखि अमेरिका, भारत, चीन र इटालीको भ्रमणपछि आफूले विश्व आन्दोलनको ‘लिडरशीप’को रुपमा भूमिका खेल्न पाएकोमा गर्व गर्नेसमेत बताए । जसरी सम्राट अशोकले युद्धबाट शान्तिको नेतृत्व गरे, त्यसैगरी आफूले पनि युद्धबाट शान्ति, शान्तिबाट संविधान र संविधानबाट विकास, सामाजिक न्याय र सम्बृद्धिको नेतृत्व गरिरहेको प्रचण्डले बताए ।