भक्तपुर । डाक्टरले चेक जाँच नै नगरि औषधि प्रयोग गर्न लगाउँदा २१ वर्षीया युवतीको अकालमा मृत्यु वरण हुन बाध्य भएकाे छ ।
अनुहारमा आएका एलर्जी चेक जाँच गर्न जादा परिक्षण बिना नै औषधी लेखेर दिएपछि औषधी खाएको केही दिनपछि उनको स्वास्थ्यमा समस्या देखिएको आफन्तले जनाए ।
भक्तपुरको ख्वप अस्पताललाई गलत औषधि र औषधिको ओभरडोज दिएका कारण एक विरामीको मृत्यु भएको आरोप लागेको छ । भक्तपुरकै २१ वर्षीया नितु दुवालले उपचारको क्रममा ख्वप अस्पतालमा ज्यान गुमाएपछि मृतकका आफन्तहरुले सो आरोप लगाएका हुन् ।
अध्ययनको शिलशिलामा १ बर्षको इन्टर्नको लागि २०८० भाद्र २८ गते ९१४ सेप्टेम्बरमा बिदेशी मुलुक हङकङ जाने निश्चत गरेर बसेकी नितुको अनुहारमा डण्डीफोरले दुःख दिईरहेको थियो । अलिक अनुहार सफा गरेर बिदेश जान मिति २०८०।३।२२ गते ख्वप अस्पतालमा चेक जाँच गर्न गएकी थिईन ।