काठमाडौँ / राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।
राष्ट्रिय सभाको मंगलबार बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेस गरेको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
राष्ट्रिय सभाबाट उत्पत्ति भएको यो विधेयक अब प्रतिनिधिसभामा जानेछ ।
राष्ट्रिय सभाको अर्को बैठक कात्तिक १६ गते बिहीबार अपराह्न एक बजे बस्नेछ ।