काठमाडौं । नेकपा एमालेले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सुरु भएको छ।
प्रत्येक वर्ष दसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा गर्दै आएको कार्यक्रम यस वर्ष बुधबार पार्टी कार्यालय च्यासलमा गरिएको छ।
एमालेले १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई आमन्त्रण गरेको छ।
त्यस्ते २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। चियापानमा अरु राजनीतिक दलका नेता, प्रधानमन्त्री, कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको छ।
एमालेले आगन्तुकलाई केरा, लड्डु निम्की र चिया खुवाउने तयारी गरेको छ।