कोहलपुर । कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाहमा कार्तिक १५ देखि २२ गतेसम्म कोहलपुरमा सञ्चालन हुने ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को उद्घाटन खेल आज आयोजक र चर्च व्वाईज विच हुने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारा सहित सञ्चालन हुन गईरहेको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को उद्घाटन खेल आयोजक र चर्च व्वाईज विच हुने खेल संयोजक राम बहादुर मल्लले जानकारी दिनुभएको छ । उहाँका अनुसार उद्घाटन खेल करिब २ बजेबाट सुरु हुने जानकारी दिनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननिय डिल्ली चौधरीद्धारा आज विहान ११ बजे ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को उद्घाटन हुनेछ ।
प्रतियोगितामा अफ्रिकन राष्ट्र क्यामरुन, विभागिय क्लब सहित ए डिभिजनका ८ वटा क्लबहरु सहभागि हुनेछन् । जसमा चर्च व्वाईज यूनाईटेड काठमाण्डौं, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदुरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, एभिनियर एफ.सि. क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागि हुनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाख सहित ट्रफि रहेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा अस्थाई घुम्ति शौचालय, पिउने पानी, बृद्ध तथा अपाङ्गहरुको लागि छुट्टै बसाई व्यवस्थापन गरीएको र प्रत्येक खेलाडि ५ लाखको विमा पनि गरिएको खेल संयोजक मल्लले बताउनुभएको छ ।
यस्तै करिब ३ हजार दर्शकले खेल अवलोकन गर्न मिल्ने गरी प्याराफिट निर्माण भएको छ भने ग्राउण्डमा पनि करिब ५ हजारदेखि ८ हजारसम्म दर्शकले गोल्ड कपको अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको फिल्ड तथा मञ्च व्यवस्थापन समिति संयोजक इन्द्र गुरुङ्गले बताउनुभएको छ ।
यस्तै फुटबल अवलोकनका लागि प्याराफिटमा बसेर हेर्नका लागि १ सय रुपैया र ग्राउण्डमा बसेर हेर्नका लागि ५० रुपैया टिकट काट्नुपर्ने र यसका लागि दुई वटा टिकट काउन्टरको व्यवस्था गरिएको टिकट व्यवस्थापन समितिका संयोजक सन्तोष मल्ले जानकारी दिनुभएको छ ।
यस्तै गोल्डकपको अवधिभर सुरक्षा व्यवस्थाका लागि ५० जना सेक्यूरेटीको व्यवस्था मिलाइएको छ भने ५० जना स्वमसेवकको पनि व्यवस्था मिलाइएको सुरक्षा व्यवस्थापन समिति संयोजक यम बहादुर गैरेले जानकारी दिनुभएको छ ।