काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मलेसियाविरुद्ध पहिले बलिङ गरेको नेपालले ११ औं ओभरसम्म ३ विकेट लिएको छ ।
नेपालको तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उनले १०.१ औ ओभरमा मलेसियाका विरनदीप सिंहलाई आउट गरे । यसअघि पाँचौं ओभरमा नेपालका अविनाश बोहराले पहिलो विकेट लिएका थिए ।
पहिलो विकेटका रुपमा ओपनर जुबैदी जुलकिफ आउट भएका थिए । त्यस्तै सन्दीप लामिछानेको बलमा मलेसियाका अहमद फैज रन आउट भएका थिए ।
११ ओभर समाप्त हुँदा मलेसियाले ३ विकेट गुमार ९० रन जोडेको छ ।