दाङ । नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई १३ दिनपछि अदालत उपस्थित गराइने भएको छ।
सोमबार उनलाई अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। आइतबार बाँस्तोलालाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लगिएको थियो।
सरकारी वकिल कार्यालयमार्फत् बाँस्तोलालाई सोमबार अदालत उपस्थित गराउन लागिएको हो। अदालतले अनुमति दिएमा बाँस्तोला सोमबार छुट्न पनि सक्छन्।
गत कात्तिक २ गतेदेखि बाँस्तोला प्रहरी नियन्त्रणमा छन्। दसैं बिदाका कारण बाँस्तोलालाई १३ दिनपछि अदालत उपस्थित गराउन लागिएको हो।