एजेन्सी ।अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीका प्रमुख अभियोजकले गाजामा मानवीय सहयोग रोक्नु मानवीय अपराध हुनसक्ने आइतबार चेतावनी दिएका छन्।
“जेनेभा महासन्धिले प्रदान गरेको राहत आपूर्तिमा अवरोध उत्पन्न गर्नु अदालतको क्षेत्राधिकारभित्र अपराध हुनसक्छ”, कायरोमा पत्रकारहरूसँग करिम खानले भने।
उनले इजिप्टको रफाह क्रसिङको भ्रमण गरेपछि सो कुरा बताएका हुन्। उनले अत्यावश्यकीय सामग्रीले भरिएका ट्रकहरू रफाह क्रसिङमा रोकिएको र गाजामा प्रवेश नपाएको बताए।