काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले कम्बोडियाको टेलिकममा लगानी गरेको प्रमाणित गर्न सार्वजनिक चुनौती दिएका छन्। उनले प्रमाणित गर्नेलाई पुरस्कारको पनि घोषणा गरेका छन्।
‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु। देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्,’ उनले भने,‘ धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु। एक हजार रुपैयाँ बक्सिस भयो, अरु ३ हजार करोड सबै भयो।’
कुनै समय ओली निकट मानिने एमाले पूर्वकेन्द्रीय सदस्य दुर्गा प्रसाईंले केही दिनअघि केपी ओलीमाथि कम्बोडियाको टेलिकममा ३ हजार करोड लगानी गरेको आरोप लगाएका थिए।