काठमाडाैं । अमेरिकी सहयोग नियोग एमसीसीले २० औं वार्षिकोत्सव मनाउने भएको छ ।
कार्यक्रम आगामी वर्ष जनवरी २३ का दिन वाशिंगटन डिसीमा साँझ साढे ५ बजेदेखि ८ बजेसम्म हुने कार्यक्रममा सहभागी हुन इच्छुक सम्बन्धित बहालरत तथा पूर्वकर्मचारी, साझेदार तथा शुभेच्छुकलाई पूरा नाम, इमेल ठेगाना, एमसीसीमा कार्यरत रहँदाको अवधि, विभाग तथा जिम्मेवारी खुलाएर पठाएन अनुरोध गरिएको छ ।
विश्वका विभिन्न मुलुकमा व्याप्त गरिबी घटाउन र आर्थिक वृद्धिमा एमसीसीले पुर्याएको योगदानको पुनःस्मरण गर्दै कार्यक्रम मनाउन लागिएको बताइएको छ ।


