काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल हिलालले आफ्नो अपराजित यात्रा कायम राखेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल अहलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो ।
अल हिलालको जितमा सेर्गेज मिलिनकोभिक साभिक, अलेक्सान्दर मिट्रोभिकले एक एक गोल गरेका थिए भने अल हिलालका लागि रोजर इबानेजले एक गोल आत्मघाती गोल गरेका थिए ।
त्यसैगरी अल अहलीका लागि एक गोल अलान सेन्ट माक्सिमिनले गरेका थिए । यो जितपछि अल हिलाल अहिलेसम्म अपराजित रहदै लिगको शिर्ष स्थानमा रहेको छ । अल हिलालको ११ खेलमा २९ अंक भएको छ । त्यसैगरी अल अहलीको ११ खेलमा २२ अंक भएको छ र लिगमा पाँचौं स्थानमा झरेको छ ।