बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनएको ११ औं महाधिवेशन भव्य र ऐतिहासिक हुन्छः अध्यक्ष कुँवर

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
एनआरएनएको  ११ औं महाधिवेशन भव्य र ऐतिहासिक हुन्छः अध्यक्ष कुँवर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बिनोद कुँवरले मार्च २ र ३, २०२४ मा काठमाडौंमा हुने संघको ११ औं महाधिवेशन भव्य र ऐतिहासिक हुने बताएका छन् । कुँवरले संघको १० औं महाधिवेशनबाट देखा परेका समस्या पहिचान गरी हलबाटै निराकरण गर्ने व्यवस्था समेत गरेको बताए ।
शेष घले प्रमुख संरक्षक रहेको संघले आगामी मार्च २ र ३ गते काठमाडौँमा विश्व सम्मलेन वा महाधिवेशन गर्ने निर्णय गरेको थियो । अध्यक्ष कुँवरले १७ देशमा राष्ट्रिय समन्वय परिषद् बनिसकेका र १५ देशमा परिषद् बन्ने तयारीमा रहेको जानकारी पनि दिए ।
अध्यक्ष कुँवरले संघको उम्मेदवारी घोषणा गरेर संसारभारी घुम्ने, खर्च गर्ने, गुट–उपगुट बनाउने चलन रहेको बताउँदै त्यसलाई आफूहरुले बन्द गरेको बताए ।
संघको अवस्था, महाविधेशनको तयारी र संघलाई विवादरहित बनाउन अध्यक्ष कुँवरको ९ बुँदे योजनाः
१. हामीले संघको १० औं महाधिवेशन भन्दा पहिला संघभित्र भएका प्रमुख समस्याहरुको पहिचान गरी १० औं महाधिवेशन हलबाट नै तिनीहरुको निराकरण, न्यूनीकरण र ब्यबस्थापन गर्न ब्यबस्था गरेका छौं । यसका लागि विधान शंसोधन, नीति–निर्माण र गतिविधिहरुको परवर्तन गरेका छौं । अनि त्यसै अनुसार पालन गर्दै गएका छौं । हामीमा विचलन र अस्थिरता छैन, निरन्तर र स्थिर छौं ।
२. १७ देशमा हाम्रो राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु बनेका छन् । यो बर्षको अन्तसम्ममा अरु १० देखि १५ देशमा एनसीसी हुने द्रुत तयारी हुँदैछ । जति नै गफ दिएपनि अहिलेको अवस्थामा एनसीसी गठन हुने वा राष्ट्रिय माहाधिवेशन गर्ने देशहरु भनेका ४० को हाराहारीमा मात्र छन् । त्यसको अध्ययन हामीले गरेका छौं । हामी त्यो संख्याको नजिक पुग्ने छौं । बेलायत र युरोपमा विकल्प, रिट्रोएक्टिभ वा सुरुवात द्रुत गतिमा गर्दैछौं । यो क्षेत्रमा १० देखि १५ देशमा हामी स्थापित हुनेछौं । एसियामा दक्षिण कोरियाबाट बाटो खुलेको छ। यो सहित ६ देश तयारीमा छन् । मध्येपूर्व तथा अफ्रिका क्षेत्रमा ५÷६ देशमा, अमेरिका क्षेत्रमा ३ र ओसनीयामा ३ देशहरु राष्ट्रिय महाधिवेशनको तयारीमा छन्, यो क्रम बढ्दो छ ।
३. बिगतका महाधिवेशनहरुमा हुने गरेका प्रतिनिधि चयन निर्वाचन केन्द्रित भएर गरिन्थ्यो । संघभन्दा निर्वाचन मुख्य मान्दा विवाद धेरै आउने गथ्र्यो तर हामीले सबैलाई अबसर र स्वतः प्रतिनिधि हुने ब्यबस्था गरेका छौं । यसबाट विवाद र किचलो आउने ठाउँ रहन्न । सबै एनआरएनहरुले स्वइच्छाले नेपालमा उपस्थित भएर महाधिवेशनमा भाग लिन पाउँछन् । प्रविधिको बिरोध होइन तर हामीले अनलाइन भोटिङ गर्दैनौं । यसबाट नेपाल र एनआरएन दुवैको घाटा मात्र हुन्छ । यसका दर्जन भन्दा धेरै कारण छन् ।
४. उम्मेदवारी घोषणा गरेर संसारभारी घुम्ने, खर्च गर्ने, गुट–उपगुट बनाउने चलन छ । त्यसलाई निश्तेज गरेका छौं, एक हिसाबले बन्द नै गरेका छौं । चुनाव होइन हाम्रो फोकस संस्था हो । निर्वाचन एउटा प्रक्रिया हो, त्यसबाट नयाँ नेतृत्व चयन हुन्छ । निर्वाचनको प्रकृया सुरु भएपछि मात्र निर्वाचनको कुरा उठछ, अन्यथा हामी शान्तरुपमा जिम्मेवारी पूरा गर्छौं, काम गर्छौं र निरन्तर रहन्छौँ । योग्यता पुगेकामध्ये उम्मेदवारी मनोनयन दर्ता गर्ने जो कोहीलाई पनि मतदानबाट प्राप्त मतले जो बिजयी हुन्छ उसैले नेतृव लिने हो । चुनाव नै जीवनमरणको सवाल होइन यो एउटा नेतृत्व चयन गर्ने प्रक्रिया हो ।
५. अन्तर्राष्ट्रिय परिषदको अध्यक्ष हुन रोटेशन ब्यबस्था छ । बिधानअनुसार योग्यता पुगेका व्यक्तिले नेतृत्व लिने व्यवस्था सहज बनाइएको छ । त्यसका लागि नेपालका राजनैतिक पार्टीको प्रतिनिधि हुनु जरुरी छैन । केवल एनआरएनएको बिधान अनुसारको योग्य हुनु जरुरी छ ।
६. हामीले महाधिवेशन र कार्यक्रमहरुमा राजनैतिक पार्टीका प्रतिनिधि होइन, लाइन मिनिष्ट्रीसँग काम गर्ने हो । अन्यथा निर्वाचित जनप्रतिनिधिहरु मात्र आमन्त्रित गर्ने नीति तय गरेका छौं । यसबाट अनावश्यक व्यक्तिको उपस्थिति हुँदैन र स्थानीय तहदेखि संघीय तहसम्म जननिर्वाचित व्यक्तिहरुको सम्मान पनि हुन्छ । त्यसैले गर्दा हामीले नगरपालिका स्तरमा काम गर्न सुरुवात गरेका छौं ।

७. नेपालमा लगानी र एनआरएनए संस्था फरक रुपमा लैजानुपर्छ । एकै ठाउँमा जोड्नु हुँदैन भन्ने हाम्रा अग्रज तथा पूर्वअध्यक्ष डा. शेष घलेज्यूको निर्देशनलाई हामीले आदर्श मानेका छौं । यसले संघकलाई प्रयोग गरेर व्यक्तिगत लाभ उउठाउने काम बन्द हुन्छ र संघ बलियो हुन्छ ।
८. खुशी र रमाइलो कुरा भनेको हामीसँग काम गर्नुहुने मिहेनती साथीहरु हुनुहुन्छ । संख्या र भिड भन्दा पनि विवाद कम र काम धेरै गर्नुहुन्छ ।
९. अन्तिम र महत्वपूर्ण कुरा, हामीले सबै एनआरएनहरुलाई ढोका खोलेका छौं । बाटो बिराएर गएका, छुटेका, नयाँ तथा पुराना सबैलाई निमन्त्रणा गरिएको छौं । यसर्थ पनि यो महाधिवेशन सान्दार, सभ्य, भब्य, सम्मानजनक अनि ऐतिहासिक हुनेछ ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१२ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक