साविक विश्व विजेता इंग्ल्यान्ड विश्वकपबाट लगभग बाहिरिएको छ। आफ्नो पाँचौं खेलमा चौंथो हार भोगेसँगै इंग्ल्यान्डको विश्वकपको सेमिफाइनल गणितिय बनेको हो। श्रीलंका विरुद्ध १ सय ५६ रनमै अलआउट भएपछि १ सय ५७ रनको लक्ष्य श्रीलंकाले २५.४ ओभरमै २ विकेट गुमाएर पुरा गर्यो।
श्रीलंकाले फराकिलो जित निकाल्ने क्रममा पथुम निसांका र सदीरा समरविक्रमाले शतकीय साझेदारी गरे। उनीहरुले तेस्रो विकेटका लागि १ सय २२ रलमा १ सय ३७ रनको अविजित साझेदारी गरेका थिए। निसन्का ७७ रनमा अविजित रहँदा उनलाई समराविक्रमाले ६५ रन बनाएर साथ दिए। इंग्ल्यान्डका लागि डेविड विलीले २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले श्रीलंकालाई जितका लागि १ सय ५७ रनको लक्ष्य दिएको थियो। बैंगलोरको एम चिन्नास्वामी स्टेडिमयमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड ३३.२ ओभरमा अलआउट भयो। टीमका लागि बेन स्टोक्सले ४३ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्ते जोनी बेयरिस्टोले ३० तथा डेविड मलानले २८ रन बनाए।
श्रीलंकाका तिब्र बलर लाहिरु कुमारले ३ विकेट लिएका थिए। त्यस्तै कसुन रजिथा र एन्जेला म्याथ्युजले २-२ विकेट लिए। थप दोहोरो स्कोरका रुपमा मोइन अलीले १५ रन बनाउँदा डेभिड विल्ली १४ रनमा नटआउट रहे। इंग्ल्यान्डले श्रीलंका विरुद्ध पछिल्लो पटक १९९९ को विश्वकपमा जित हासिल गरेको थियो। त्यसपछि भएका ५ खेलमा सबै खेल श्रीलंकाले जित्न सफल रह्यो। २००७, २०११, २०१५ र २०१९ र २०२३ मा पनि इंग्ल्यान्ड श्रीलंकासँग पराजित भयो।