आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निर्वाचनको बेलामा उठाइएका मुद्दा दोहोर्‍याइरहेका छौँ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
निर्वाचनको बेलामा उठाइएका मुद्दा दोहोर्‍याइरहेका छौँ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री एवं सांसद बिना जैसवाल संसद्मा समसामयिक विषयमा स्पष्टरूपमा विचार व्यक्त गर्नेमध्येमा पर्नुहुन्छ । तराई मधेसमा रहेको मिटरब्याजसम्बन्धी समस्यालाई सदाका निम्ति अन्त्य गर्न उहाँले बारम्बार संसद्मा आवाज उठाउँदै आउनुभएको छ ।

संसदीय अभ्यासमा सक्रिय भूमिका निर्वाह गर्ने सांसद जैसवाल आफू तथा आफ्नो पार्टीले जनताको चासोका विषय तथा समसामयिक विषयमा सदनमा खरो ढङ्गले प्रस्तुत हुँदै आएको बताउनुहुन्छ । “निर्वाचनका क्रममा जनतासमक्ष गरेको प्रतिबद्धता, आफ्नो पार्टीले अगाडि सारेको मुद्दा तथा समसामयिक विषयलाई हामीले सदनमा उठाइरहेका छौँ । निर्वाचनको बेला जे मुद्दा उठाइएको थियो, त्यही विषय हामीले दोहोर्‍याइरहेका छौँ”, उहाँ भन्नुहुन्छ ।

गत वर्ष मङ्सिरमा निर्वाचन सम्पन्न भएर संसद् गठन भएको पनि झण्डै एक वर्ष पुग्न लागेको छ तर सांसद जैसवाल संसद्मा सांसदको भूमिकालाई लिएर सन्तोष मान्ने अवस्थामा हुनुहुन्न । उहाँ भन्नुहुन्छ, “झण्डै एक वर्षको संसद्को अभ्यास हेर्दा त्यति सन्तोषजनक लागिरेहेको छैन ”।

सदनमा निर्धक्कसँग जनताले उठाएका विषय राख्न नपाएको सांसद जैसवालको गुनासो छ । सदनमा भइरहेको अवरोध तथा समय अभावका कारण आफूले जनताको मुद्दा सदनमा उठाउन नसकेको उहाँ बताउनुहुन्छ । “आकस्मिकरूपमा घटेका घटनाबाट जनतामा परेको असरका बारेमा कुरा उठाउन खोज्दा सदन अवरोध भइरहेको हुन्छ । जनताको अपेक्षा बढी छ । उनीहरूले आफ्नो जनप्रतिनिधिले सदनमा ती कुरा उठाइदिए हुन्थ्यो भन्ने आशा गर्छन् । जनताको कुरा सदनमा राख्छुभन्दा कहिले अवरोध हुने त कहिले पालो नपाउने भइरहेको छ”, सांसद जैसवाल भन्नुहुन्छ।

संसद्को शून्य समयमा कहिलेकाहीँ पालो आए पनि एक मिनेटमा सबै विषय राख्न नसकिने उहाँको भनाइ छ । “सांसदले भोग्नुपरेको समस्या जनतामा राख्दा उहाँहरूले पनि नबुझ्ने अवस्था छ । यद्यपि जनताको मुद्दा उठाइरहेका छौँ । पछिल्लो ११ महिनाको संसदीय अभ्यासलाई हेर्दा सोचेजस्तो भइरहेको छैन”, सांसद जैसवाल  भन्नुहुन्छ ।

संसद्को मुख्य भूमिका कानुन निर्माण नै भएकाले देश र जनताको हितमा हुने कानुन निर्माण गर्नुपर्छ । कानुन निर्माण गर्दा पार्टी, विचार र व्यक्ति नभई देश र जनतालाई हेर्नुपर्नेमा सांसद जैसवालको  जोड छ ।

“देश जनताका पक्षमा दीर्घकालसम्म टिकाउ हुने कानुन निर्माण गर्नुपर्छ । कुनै पनि नीति, नियम, कानुनले लामो समयसम्म प्रभावकारी काम गरोस् भन्नका लागि देश र जनताको हित हेरिनुपर्छ । पटकपटक कानुन परिवर्तन गरिरहँदा समय बर्बाद हुन जान्छ”, उहाँ भन्नुहुन्छ ।

वि.सं २०४६ फागुन २२ गते पर्साको वीरगञ्जमा जन्मनुभएकी सांसद जैसवाल  उच्च शिक्षा अध्ययनकै क्रमदेखि राजनीतिमा आबद्ध हुँदै आउनुभएको छ । सांसद जैसवालले व्यवस्थापन विषययमा स्नातकोत्तर गर्नुभएको छ । मधेसी समूहअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएकी उहाँ  २०७८ सालदेखि राप्रपामा आबद्ध हुनुहुन्छ  ।

प्रतिपक्षी भनेको संसदीय प्रक्रियामा अवरोध सिर्जना गर्ने पक्ष हो भन्ने भाष्य चिर्न आवश्यक रहेको सांसद जैसवालको भनाइ छ । “कहिलेकाहीँ प्रमुख प्रतिपक्षीबाट कुनै पनि हालतमा संसद् चल्न नदिएर प्रक्रियामा ढिलाइ होस् भन्ने सोच राखिएको पनि देखिन्छ, आमजनतामा पनि एउटा भाष्य के बनेको छ भने प्रतिपक्ष भनेको संसदीय अभ्यासमा ढिलाइ गर्ने, संसद् अवरुद्ध गर्ने भन्ने छ तर मलाई त्यस्तो लाग्दैन । प्रतिपक्षले जनताको प्रत्यक्ष सरोकार भएको विषयमा सरकारको धारणा माग गर्नुपर्छ”, उहाँ  भन्नुहुन्छ ।

यो पनि पढ्नुहोस्

गभर्नर नियुक्तिमा कानुन मिचियोः वरिष्ठ नेता डा कोईराला

गभर्नर नियुक्तिमा कानुन मिचियोः वरिष्ठ नेता डा कोईराला

३८ मिनेट अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै इजलासमा पेसी

५० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै इजलासमा पेसी

सीपी खेतानले ८० मिलियनमा बुटिक होटल खरिद गरे

न्यूनतम तलबमान ४० हजार तबलमान निर्धारण गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक