काठमाडाैं । दशैँको मुख्य दिन आज देशका धेरै ठाउँमा मौसम सफा रहनेछ ।
धेरै ठाउँमा मौसम सफा नै रहे पनि आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र केही ठाउँमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड तथा हिमाली क्षेत्रको एक/दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । विभागले जारी गरेको मौसम बुलेटिनमा नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख छ । भोलि कोशी प्रदेशसहित देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।