एकदिवसीय विश्वकप क्रिकेटको आफ्नो पाँचौं खेलमा अफगानिस्तानले अर्को सनसनिपूर्ण जित निकालेको छ। इंग्ल्यान्डलाई हराएर इतिहास रचेको अफगानिस्तानले इतिहासमै पहिलो पटक पाकिस्तानलाई पराजित गर्दै अर्को सनसनिपूर्ण जित निकालेको हो।
चेन्नईको एमए चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो। जवाफमा अफगानिस्तानले उक्त लक्ष्य ६ बल बाँकी हुँदै २ विकेट गुमाएर पुरा गर्दै सनसनिपूर्ण रुपमा ८ विकेटको जित निकालेको हो।
पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि अब्दुल्लाह सफिकले ५८ रनको इनिङ खेलेका थिए। त्यस्तै कप्तान बाबर अजामपले ७४ रन बनाउँदा साउद सकिलले २५ रन तथा सादव खान र इफ्तिखर अहमेदले समान ४०-४० रन बनाएका थिए। अफगानिस्तानका लागि नुर अहमेदले ३ विकेट लिंदा नभिन उल हकले २ तथा मोहम्मद नावी र अजमतुल्लाह ओमरजाइल समान १-१ विकेट लिएका थिए।
जवाफमा अफगानिस्तानले सानदर ब्याटिङ गर्दै ४९ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। उसका लागि इब्राहिम जाद्रानले ८७ रनको इनिङ खेल्दा ओपनर रमनुल्लाह गुर्वाजले ६५ रन बनाए। त्यस्तै इब्राहिम जाद्रानले ८७ रन बनाए। उनीहरुबिच पहिलो विकेटका लागि १ सय ३० रनको साझेदारी गरेका थिए। त्यसपछि क्रिजमा रहमत साहले ७७ तथा कप्तान हसमतुल्लाह साहिदीले ४८ रनको इनिङ खेल्सादै सानदार प्रदर्शन गर्दा पाकिस्तान स्तब्ध बन्यो।
दुई टिमबिच एकदिवसीय खेलमा पहिलो पटक २०१२ मा प्रतिस्पर्धा भएको थियो। त्यसयता यि दुई टिमबिच कुल ७ खेल हुँदा अफगानिस्तान जितविहीन रहँदै आएको थियो यो अफगानिस्तानको पहिलो जित हो। अफगानिस्तानले सनसनिपूर्ण रुपमा ६९ रनले पराजित गरेको थियो।
२०१९ को विश्वकपमा समूहचरणमा अफगानिसत्नले पाकिस्तान विरुद्ध २ सय २७ रन बनाएको थियो। जवाफमा ४५ ओभरमा पाकिस्तान १ सय ८२ रन जोड्दा ६ विकेट गुमाउन पुगेको थियो। तर पाकिस्तानले सानदार पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।