काठमाडौं । ट्युनिसियाली जनताले प्यालेस्टाइनमा इजरायलले गरेको आक्रमणको निन्दा गर्दै प्रदर्शन गरेका छन् ।
ट्युनिसियाको राजधानी ट्युनिसमा ठूलो मात्रामा जुलुस निकालिएको थियो । विरोध प्रदर्शन प्यालेस्टाइनलाई समर्थन गर्न राष्ट्रिय समितिद्वारा आयोजना गरिएको थियो ।
ट्युनिसको केन्द्र, ट्युनिसियामा रहेको अमेरिकी र फ्रान्सेली दूतावासहरु र अन्य ठाउँहरुमा केन्द्रित मार्चमा हजारौँ मानिस सहभागी भएका थिए ।
उनीहरुले प्यालेस्टाइनीहरु, विशेष गरी गाजापट्टीका महिला, बालबालिकामाथिको आक्रमण बन्द गर्न माग गर्दै नारा लगाएका थिए । उनीहरुले पश्चिमेली देशहरु इजरायलको पक्षमा रहेकोमा विरोध गरेका हुन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल