काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक असर रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको भए पनि अन्य ठाउँमा मौसम सफा रहनेछ ।
काठमाडौँको अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटरभन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना छ । यसैगरी देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।