बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

एनआरएनएलाई तीन महिनाभित्र एकताबद्ध गराइछाड्ने टिम महेशको उदघोष (विज्ञप्तिसहित)

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनआरएनएलाई तीन महिनाभित्र एकताबद्ध गराइछाड्ने टिम महेशको उदघोष (विज्ञप्तिसहित)
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र संगठनात्मक रुपमा एकताबद्ध गराएरै छाड्ने  प्रतिबद्धता जनाएका छन् ।

मंगलबार साँझ एक पत्रकार सम्मेलनको आयोजना गर्दै श्रेष्ठले आफ्नो टिमलाई मात्रै होइन विश्वभरका सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई मिलाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको प्रष्ट पारे । उनले भने,‘१०औं महाधिवेशनपछि संस्था विभाजित अवस्थामा छ । केही साथीहरु असन्तुष्ट भएर बेग्लै अधिवेशन पनि गर्नुभयो । तर म तीन महिनाभित्र असन्तुष्ट साथीहरुलाई एकताबद्ध गराएर इतिहास बनाउन चाहन्छु ।’

यस अघि पनि एनआरएनएलाई पटक पटक वैधानिक रुपमै विभाजित गर्ने प्रयासलाई आफूले रोकेको दाबी गर्दै दुई बर्षभित्र परिणामुखी काम गर्ने प्रतिबद्धता पनि जनाए । ‘म विजयी भएर शपथ गरेको दिनदेखि एक्सनमा काम गर्नेछु । संघमा रहेका सबै पदाधिकारीहरुलाई कामको विभाजन गरेर परिणाम दिलाउनेछु,’उनले भने ।

नेपालको समृद्धिका लागि लगानी भित्र्याउने सवालमा र एनआरएनएलाई मजवुद बनाउनका लागि पाँच बुँदे एजेन्डाहरु लिएर चुनावी मैदानमा रहेको जनाउँदै उनले सरकारसँग सहकार्य गरेर नेपालमा लगानी भित्र्याउन पहल गर्ने जनाए । विदेशमा रहेका नेपाली श्रमिक, लगानीकर्ता साथै सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई धेरै नीतिगत र कानूनी समस्याहरु रहेकाले त्यसलाई सुल्झाउन कटिबद्ध रहेको जनाए । श्रेष्ठले आफूलाई समर्थन गर्ने उम्मेदवार समावेशी भएको दाबी गरे ।

त्यस्तै महासचिबका उम्मेदवार वुद्धिसागर सुवेदीले एनआरएनएलाई एकताबद्ध, परिणाममुखी र पारदर्शी रुपले अघि बढाउन टिम महेशलाई सहयोग गर्न आग्रह गरे । उनले मेरो र हाम्रो होइन राम्रोलाई सहयोग गर्न सबैमा अनुरोध गरे ।

पत्रकार सम्मेलनमा उपाध्यक्षका उम्मेदवारहरु डा.केशव पौडेल(अमेरिका), गंगाधर गौतम(बेल्जियम), नारायण आचार्य(नेदरल्याण्ड) सुनिल साह(अमेरिका),राज रेग्मी९कतार०, रोबिन शेरचन(जापान), रोजिना प्रधान राई(बेलायत) रोशन थापालगायतले टिम महेशलाई विजयी गराउन आग्रह गरे । त्यस्तै, उप महासचिब पदका उम्मेदवार सोम सापकोटा(बेलायत), प्रविण गुरुङ(कतार),सचिब पदका उम्मेदवार दयानिधी सापकोटा(बेलायत), मनोज श्रेष्ठ गोर्खाली(युएइ) भीम केसी कमल(पोर्तुगल), कृष्णजिवी पन्त(अमेरिका) स्वतन्त्र प्रताप शाह(अष्ट्रेलिया), केपी सिटौला(दक्षिण कोरिया), महिला सचिब विमला सापकोटा(क्यानाडा)ले पनि टिम महेशलाई समर्थन गर्दै विजयी गराउन आग्रह गरे ।

पत्रकार सम्मेलनमा सहभागी भएका कोषाध्यक्षका उम्मेदवार ठाकुर ढुंगाना९युएई०, सहकोषाध्यक्षको उम्मेदवार तिलक गैरे(पोर्तुगल), कृष्ण तिमल्सिना(बेलायत), मोहम्मद मुक्तदा मुसलमान(कतार)ले टिम महेशलाई जिताउने प्रतिबद्धता जनाए । त्यस्तैगरी महिलातर्फ सहकोषाध्यक्ष उम्मेदवार तृष्णा शर्मा काफ्ले(अमेरिका), युवा संयोजकका उम्मेदवार रविन अधिकारी,  महिला संयोजककी उम्मेदवार अनुजा प्रधान, युरोप संयोजक चिन्तामणी सापकोटा(बेल्जियम)लगायतका उम्मेदवार साथै निर्विरोध निर्वाचित भइसकेका पदाधिकारीहरुले पनि टिम महेशलाई समर्थन गर्दै विजयीको शुभकामना व्यक्त गरे ।

मंगलबार विहान राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गर्नुभएको महाधिवेशन कार्तिक ३ गतेसम्म चल्नेछ । कार्तिक २ गते मतदान गर्ने निर्वाचन तालिका छ । अनलाइन र भौतिक उपस्थितिमा मतदानको व्यवस्था गरिएको छ । महाधिवेशनमा चार हजार २२७ मतदाता छन् । अध्यक्ष पदमा श्रेष्ठसहित चार जनाको उम्मेदवारी परेको छ भने महासचिबमा सुवेदीसहित दुई जनाको उम्मेदवारी परेको निर्वाचन समितले जनाएको छ ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१० घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक