शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अदालत

सभामुखको अधिकारबारे सर्वोच्चको व्याख्या ‘रेफ्रीले गोल हान्न मिल्दैन’

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सर्वोच्च अदालतले तुलनात्मक संसदीय लोकतन्त्रको अभ्यासमा सभाध्यक्षको भूमिकामा रहेको व्यक्तिलाई सरकार गठनकै क्रममा सामेल हुने अधिकार नदिएको व्याख्या गरेको छ ।

सभामुखको समेत हस्ताक्षर प्रयोग गरेर कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएपछि सर्वोच्चमा दायर रिटमा पूर्ण इजलासले सरकार गठनको प्रक्रियामा सभामुखलाई संविधानले अलग राखेको व्याख्या गरेको हो ।

अदालतले बेलायत, भारतलगायतका देशमा भएका अभ्यास र नेपालको संवैधानिक व्यवस्थाको विश्लेषण गर्दै सभाध्यक्षमा नियुक्त भएपछि पनि सांसद्कै भूमिकामा रहेको भन्नु पनि गलत हुने व्याख्या गरेको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले साउन ११ गते जारी आदेशको पूर्णपाठ सर्वोच्च प्रशासनले हालै सार्वजनिक गरेको हो । पूर्ण इजलासले सभामुखलाई सभाको रेफ्रीका रूपमा काम गर्नुपर्ने व्याख्या गरेको छ । कुनै पनि परिस्थिति दर्शाएर रेफ्रीले आफैँ गोल गर्न नमिल्ने पनि अदालतको व्याख्या छ ।

पूर्ण इजलासको व्याख्यामा भनिएको छ, “प्रश्न परिस्थितिको आकलन वा असल नियतको होइन, प्रश्न संविधानका व्यवस्था वा संसदीय लोकतन्त्रका मान्यताले उहाँलाई त्यस्तो सक्रियता वा अझ भनौँ मैदानमा रेफ्रीको भूमिका छाडेर आफैँले गोल हान्न उद्धृत रहने अनुमति दिन्छन् वा दिँदैनन् भन्ने हो ।”

अदालतले संसद्भित्रको विकल्प रहँदासम्म सरकार गठनको प्रक्रिया त्यहीँ खोजिनुपर्ने यसअघिका पटक पटकका मुद्दा व्याख्या भइसकेको पनि पूर्ण इजलासले स्मरण गरेको छ । साथै सरकार गठनको प्रक्रियाबाट सभामुखलाई अलग राखेको पनि व्याख्यामा उल्लेख छ । मत बराबर भएको अवस्थामा जनाउने सहभागीतालाई भने अदालतले अपवादका रूपमा मानेको छ । अपवादको अवस्थालाई सभामुख र सदस्य दुवै भूमिकामा रहेका मान्न नमिल्ने पनि अदालतको व्याख्या छ ।

व्याख्यामा भनिएको छ, “सभामुखको पदमा बहाल रहेको व्यक्तिले प्रदेश सभा सदस्यको पनि हैसियत रहेको भनी छुट्टै थप वा दोहोरो भूमिकाको दाबी गर्न मिल्दैन । अर्को शब्दमा निजले सभामुखको भूमिकामा सीमित रहनु पर्दछ ।”

सभामुखमा निर्वाचित भइसकेका व्यक्तिले आफ्नो भूमिका सक्षमतापूर्वक निर्वाह नगरे संवैधानिक विचलन आउने अदालतको व्याख्या छ । संविधानले सभामुखलाई दलगत राजनीतिभन्दा माथि राखेको पनि अदालतको व्याख्या छ । तटस्थ रहनुपर्ने सभाध्यक्षलाई निर्णायकबाहेक मत दिने व्यवस्था नरहेको पनि अदालतको व्याख्या छ ।  नारायण काफ्ले गाेरखापत्र

यो पनि पढ्नुहोस्

मन्त्रालय र बिभागलाई जेष्ठ २८ मा अदालत उपस्थीत हुन आदेश

२० घण्टा अगाडि

अदालत आंशिक रूपमा खुला

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

ट्रेड यूनियन अधिकर कुण्ठित गर्ने कदम विरुद्ध जेनेभामा विषय उठाउँछौंः जेटियुसिसि अध्यक्ष श्रेष्ठ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक