बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

निजेरबाट फ्रान्सेली सेनाको फिर्ती सुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
निजेरबाट फ्रान्सेली सेनाको फिर्ती सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पश्चिमी अफ्रिकी देश निजेरबाट फ्रान्सका सेना फिर्ता हुन थालेका छन् । निजेरमा क्याम्प बनाएर बसेका फ्रान्सेली सेनाको पहिलो समूह निजेरबाट अर्को अफ्रिकी देश चाडतर्फ लागेको राजधानी नियामीका अधिकारीले जानकारी दिएका छन् ।

फ्रान्सेली सेनाको सामग्री बोकेका ट्रक गत मंगलबार नियामीबाट बाहिरिएका हुन् । गत जुलाईमा यहाँ सेनाले निर्वाचित राष्ट्रपति मोहम्मद बाजौमलाई अपदस्थ गर्दै सत्ता कब्जामा लिएको थियो । त्यसयता फ्रान्सेली सैनिक फिर्ताको माग गर्दै नियामीमा प्रदर्शन भएका थिए भने स्थानीयले क्याम्पअघि नाराबाजी र फ्रान्स दूतावासमा तोडफोड पनि गरेका थिए । सैन्य सरकारले पनि फ्रान्सेली अधिकारी तथा सेनालाई फिर्ता हुन आग्रह गरेको थियो ।

यसअघिको सरकारको पालामा निजेरमा १ हजार ५ सय फ्रान्सेली सैनिकले क्याम्प खडा गरेका थिए । तर, सेनाको सरकारले उनीहरूलाई आफ्नो देशबाट हट्न दबाब दिँदै आएको थियो । राज्य नियन्त्रित टेलिभिजनमा निजेरका सैन्य अधिकारीले एक सन्देश जारी गर्दै सडक मार्गमार्फत बाहिरिन थालेका फ्रान्सेली सेनामाथि कुनै अप्रिय गतिविधि नगर्न आग्रह गरेको छ । ‘उल्लामस्थित फ्रान्सेली सेनाले आफ्नो क्याम्प छाडेका छन् । हाम्रो सुरक्षा र सैन्य सहयोगमा फ्रान्सेली सेनाको पहिलो समूहको फिर्ती चाडतर्फको दिशामा अघि बढेको छ,’ सेनाले भनेको छ ।

निजेरमा गत जुलाई २६ मा सेनाले ‘कु’ गरेको थियो । गत सेप्टेम्बरमा फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंले सेना फिर्ता गर्नेबारे पुष्टि गरेका थिए । नियामीमा १ हजार फ्रान्सेली सेना थिए भने बाँकी विद्रोही गतिविधि हुने माली र बुर्किना फासोको सीमा क्षेत्रमा तैनाथ थिए । निजेरको सैन्य शासकले फ्रान्सेली सेनाको फिर्क्ध्ता पूर्ण सुरक्षित हुने प्रतिबद्धता गरेको छ । अपदस्थ राष्ट्रपति बाजौमले मालीबाट निकालिएका फ्रान्सका सैन्य बललाई आफ्नो देशमा तैनाथ गर्न पनि स्वीकृति दिएका थिए, जसको विरोध नागरिकस्तरबाट हुँदै आएको थियो ।

अमेरिकाले पनि गत मंगलबार निजेरमा निर्वाचित राष्ट्रपतिलाई सैन्य ‘कु’ बाट हटाइएको आधिकारिक रूपमा घोषणा गरेको छ, जसका कारण त्यहाँ अमेरिकी सहायता रोकिएको छ । पछिल्ला दुई महिनामा निजेरमा संवैधानिक व्यवस्था कायमै राख्न गरिएका प्रयास असफल भएपछि यस्तो घोषणा गरिएको अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकी विदेशी विभागका प्रवक्ता म्याथ्यु मिलरले अगस्टमा अस्थायी रूपमा रोकिएको २ अर्ब अमेरिकी डलर सहायता अब आधिकारिक रूपमा स्थगित भएको छ । लोकतान्त्रिक शासनको सुरुवातका लागि आवश्यक कारबाही सुरु भएमा मात्र सहायता पुनः दिन थालिने उनको भनाइ थियो ।

यसअघि निजेरमा ‘कु’ पछि आएको सेनाको सरकारलाई फ्रान्सले मान्यता दिन र निजेरबाट बाहिरिन अस्वीकार गरेको थियो । जसका कारण निजेरको सैन्य नेतृत्वले पनि फ्रान्सेली अधिकारी र सेनालाई देशबाट फिर्ता जान दबाब दिँदै आएको थियो । यसअघि निजेरका सेना प्रमुखले तीन वर्षपछि मात्र देशमा नागरिक शासन फिर्ता गर्ने प्रस्ताव राखेका थिए । अफ्रिकी क्षेत्रीय संगठन इकोवासका पदाधिकारीसँगको छलफलपछि सेना प्रमुख अब्दुर्रहमान चियानीले नागरिक शासन पुनर्बहाली गर्ने समयसीमा तोके पनि यसबारे थप विवरण खुलाएका छैनन् । पश्चिम अफ्रिकाका बुर्किना फासो, गिनी, माली र चाडपछि निजेरमा पनि सैन्य शासन लागू भएको हो । यी सबै देश कुनै बेला फ्रान्सको उपनिवेश थिए भने पछिल्लो समयसम्म यहाँ उसैको दबदबा थियो ।

सेनाले सत्ता कब्जा गर्न थालेपछि भने यी देशमा फ्रान्सलगायत पश्चिमा मुलुक र अमेरिकाको पकड कमजोर बन्दै गएको छ भने रुसको प्रभाव बढिरहेको छ । विशेषगरी रुसको निजी सैन्य समूह वाग्नरले अफ्रिकामा आफ्नो प्रभाव बढाइरहेको छ । निजेर तथा आसपासका देशमा इस्लामिक समूहको आक्रमण बढ्दो छ । अन्य देशका सैन्य शासनले पनि असुरक्षाको कारण देखाउँदै सत्ता कब्जा गरेका थिए । अहिले निजेरमा पनि सेनाले त्यही कारणलाई आफ्नो हतियार बनाएको छ ।

जिहादी समूहको आक्रमण रोक्न पर्याप्त काम नगरेको आरोप उनीहरूले आफ्ना सहयोगी देश फ्रान्सलाई लगाएका छन् । देशको बिग्रँदो सुरक्षा अवस्था, खराब सामाजिक, आर्थिक स्थितिका कारण सत्ता कब्जा गर्नुपरेको निजेरको सेनाले दाबी गर्दै आएको छ । अर्कोतर्फ देशभर फ्रान्सविरोधी भावना बढ्दै जाँदा पनि सेनालाई ‘कु’ गर्न बल मिलेको हो ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

९ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक