बुध, जेष्ठ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वर्षायामको बिजुली भारतीय बजारमा बेच्न शुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
वर्षायामको बिजुली भारतीय बजारमा बेच्न शुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गएकाे जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली गएकाे जेठ २८ गतेदेखि भारतीय बजारमा बेच्न शुरु tगरेको थियो ।

प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज गरी ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको बिजुली निर्यात भएको छ ।

३ महिनामा भारततर्फ निर्यात गरिएको बिजुलीकाे औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । गएकाे जेठ महिनाकाे ५ दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख   रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको थियो । जेठ र असारमा भारतर्फत निर्यात गरिएको बिजुलीकाे औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको बिजुली भारतीय बजारमा निर्यात भएको छ । ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको बिजुली निर्यात भएको हो ।

साउन, भदौ र असोजमा भारततर्फ निर्यात भएकाे बिजुलीकाे औसत बिक्री दर प्रतियुनिट क्रमशः ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ । ३ महिनाको बिजुली समग्र औसत बिक्री दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । बिजुली निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिदेखि मध्यकालीन विद्युत् सम्झौताबमोजिम झन्डै ११० मेगावाट बिजुली भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभीभीएनलाई बिक्री गरिरहेको छ । एनभीएनले बिजुली हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाट मध्येबाट पहिलो चरणमा ४४ मेगावाट बिजुली रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट बिजुली निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट बिजुली ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थालाई हेर्दा यस वर्ष झन्डै १६ अर्ब रुपैयाँको बिजुली निर्यात हुन सक्ने देखिएको बताए । ‘झन्डै १०० मेगावाट थप बिजुली निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग प्रस्ताव गरेका थियौँ, तर अहिलेसम्म स्वीकृति नपाएपछि केहीअघि पुनः प्रस्ताव पठाएका छौँ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘चाडपर्व शुरु भइसकेको छ, यस अवधिमा कलकारखाना बन्द हुँदा र काठमाण्डाैमा चिसो शुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा बिजुलीकाे माग घट्छ, भारतबाट थप बिजुली निर्यात स्वीकृति नपाउने हो भने विद्युत् गृहहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्ने छ, यस्तो अवस्थामा छिट्टै थप बिजुली निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौँ ।’

यो पनि पढ्नुहोस्

दार्चुला–टिङ्कर सडक खण्डकाे ट्रयाक खोल्न सुरु

दार्चुला–टिङ्कर सडक खण्डकाे ट्रयाक खोल्न सुरु

२ हप्ता अगाडि
युटिलिटी करिडोरको अवधारणाले विकास निर्माणको कामलाई राम्रो गर्ने

युटिलिटी करिडोरको अवधारणाले विकास निर्माणको कामलाई राम्रो गर्ने

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

सिग्मा कलेजको क्यान्टिनमा आगलागी हुँदा ३ लाख रुपैयाँ क्षति

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा भाग्याे

उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक