बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गेटामा भोलिदेखि एक सय शय्या क्षमताको अस्पताल सञ्चालन हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
गेटामा भोलिदेखि एक सय शय्या क्षमताको अस्पताल सञ्चालन हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी । कैलालीको गेटामा भोलिदेखि एक सय शय्या क्षमताको अस्पताल सञ्चालन हुने भएको छ।

त्यसका लागि सबै तयारी पूरा भएपछि भोलिबाट अस्पताल सञ्चालनमा आउन लागेको निर्देशक प्रमोद जोशीले जानकारी दिए।

त्यसका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध भइसकेको छ। अस्पताल सञ्चालनका लागि सहायक स्तर र श्रेणीविहीन गरेर ११० जना र नेपाल सरकार मन्त्रिपरिषद्को २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्रांकित तथा अधिकृतस्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन सहज भएको बताइएको हो।

आव २०८०।०८१ को बजेटमा गेटा अस्पताललाई एक सय शय्या क्षमताको अस्पतालको रूपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो।

साथै २०८० भदौ १३ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको निर्णयानुसार वार्षिक विकास कार्यक्रम स्वीकृत भई प्राप्त भएको एवं चालू आवको बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन गेटा अस्पताललाई प्राप्त भएपछि भोलिदेखि अस्पताल सञ्चालनमा आउने अस्पतालका निर्देशक डाक्टर जोशीले बताए।

आज गेटामा पत्रकार सम्मेलन गरेर भोलिदेखि अस्पताल सञ्चालनमा आउने उनले बताएका हुन्। साथै गेटामा बहिरंग सेवा सञ्चालनका लागि मन्त्रालयले भदौ २१ गते अनुमति दिएको थियो।

सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी गेटामा अस्पताल सञ्चालन हुन लागेको उनले बताए। अस्पताल सञ्चालनमा ल्याउने अहिले गेटामा निर्देशकसहित चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत २६ जना जनशक्ति हाजिरी भइसकेका छन्।

कात्तिक १ गतेदेखि गेटा अस्पतालबाट जनरल बहिरंग, हाडजोर्नी तथा नसारोग ओपिडी, स्त्रीसेवा, जनरल सर्जरी, अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा आउनेछ।

यसका साथै एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोपसेवा विस्तार र अन्तरंग सेवा मंसिर महिनाभित्र,  आकस्मिक सेवा र प्रसूति सेवा पौष महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसीयू तथा एनआइसीयू सेवा आगामी वैशाखभित्र सञ्चालनमा ल्याउने तयारी छ।

अस्पताल सञ्चालन तथा सेवा सुरु गर्ने विषयमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, प्रमुख जिल्ला अधिकारी, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सुरक्षानिकायका प्रमुख, गोदावरी नगरपालिकाका प्रमुख, वडाध्यक्षहरु लगायत सरोकारवाला निकायले अस्पतालको अवलोकन र निरीक्षण गरेका छन्।

सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि उपचार पाउनबाट वञ्चित बिरामीले अब गेटा अस्पतालबाट सहजै सेवा पाउने भएका छन्। गेटा अस्पतालमा क्रमिक रूपमा शय्या संख्यासँगै जनशक्ति र औषधि लगायतको प्रबन्ध गर्ने गरी काम अघि बढाइएको छ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

९ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक