काठमाडौं । कप्तान भर्जिल भान डाइकले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरेपछि नेदरल्याण्ड्सले युरो कप २०२४ छनोटमा महत्वपूर्ण जित निकालेको छ ।
भान डाइकको ९३औं मिनेट गोल मद्दतमा ग्रीसलाई १-० ले पराजित गरेको हो । यो जितपछि नेदरल्याण्ड्स ग्रीसलाई पछि पार्दै समूह बी को दोस्रो स्थानमा उक्लेको छ र युरोमा छनोट हुने सम्भावना बलियो बनाएको छ । नेदरल्याण्ड्सको ६ खेलबाट १२ अंक भएको छ । ग्रीसको ७ खेलबाट १२ अंक छ र तेस्रो स्थानमा झरेको छ । दुई पटक ग्रीसलाई हराएकोले हेड टु हेडका आधारमा नेदरल्याण्ड्स अघि रहेको हो ।
यसै समूहको अर्को खेलमा आयरल्याण्डले जिब्राल्टरलाई ४-० ले पराजित गरेको छ । पोर्चुगलको ५ गोल युरोकपमा छनोट भइसकेको पोर्चुगलले बोस्निया एन्ड हर्जगोभिनालाई ५-० ले पराजित गरेको छ । उसका लागि क्रिस्टियानो रोनाल्डोले दुई तथा ब्रनो फर्नान्डेज, जाओ कान्सेलो र जाओ फेलिक्सले एक एक गोल गरे ।
दुई गोल गरेका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा गोल संख्या १२७ बनाएको छ । युरोकपमा स्थान पक्का गरेको पोर्चुगलले छनवटमा शतप्रतिशत नतिजा निकाल्दै ८ खेलबाट २४ अंक भएको छ । यसै समूहको अर्को खेलमा स्लोभाकियाले लक्जेमवर्गलाई १-० ले हरायो । स्लोभाकिया ८ खेलबाट १६ अंक जोडेर दोस्रो स्थानमा छ । लक्जेम्वर्ग ११ अंकसहित तेस्रो स्थानमा छ ।