भक्तपुर । भक्तपुरका किसानलाई यतिखेर धान भित्र्याउन व्यस्त देखिएका छन् ।
दसैँ सुरु भएसँगै भक्तपुरका किसानहरु खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर भित्र्याउने कार्यमा व्यस्त छन् । धानखेती हुने क्षेत्र मनोहरा, हनुमन्ते र खस्याङ खुसुङ आसपास, सुडाल, ताथली, दुवाकोट, चाँगुनारायण, बागेश्वरी, छालिङ, सिपाडोल, सिरुटार, दधिकोट, गुण्डुलगायत स्थानमा धान काट्न किसानलाई भ्याई नभ्याई छ ।
।