काठमाठडाैं । अदिती कलेक्सन मल्टिपर्पोजको ब्यानरमा नेपाली कथानक चलचित्र “पापी मन” एक कार्यक्रम बिच राजधानीमा पोस्टर आएकाे छ ।
यसै चलचित्र मार्फत कलाकार तथा फिल्म लेखक प्रेम वश्यालले निर्देशन को यात्रा सुरु गर्नुभएको छ। सिन्धुली ,रामेछाप तथा काठमाडौको रमणीय स्थानहरुमा सो चलचित्रको छायांकन गरिएको थियो । अहिले ” पापी मन” को धमाधम संपादनको कार्यभइरहेको सो चलचित्र लाई बर्ष २०८१ मा प्रदर्सन गर्ने तयारीमा टिम लागेका छन।
चलचित्र पापी मन मा मुख्य कलाकार मनोज रहांक राइ , राजन श्रेष्ठ , दुर्गा योगी , बिपना योगी , रोशन बान्तवा राइ , यागराज कवर, जीवन थापा , सरिता कार्की , सोनी कंडेल ,अन्जली खड्गी ,सुमी अधिकारी , उमा चामलिंग राइ ,खगेन्द्र राइ ,मनिस राई , नवीन श्रेष्ठ लगायत का कलाकार रहनुभएको चलचित्र मा नंग्नुमा राइ बाल कलाकार रहेको चलचित्र को कथा,पटकथा,सम्वाद पनि निर्दशक प्रेम वश्याल कै रहेको छ भने राहुल कोइराला को छायांकन तथा राजन श्रेष्ठको सह निर्देशन रहेको छन । चलचित्र “पापी मन”को निर्मातामा यागराज कवर रहनुभएको छ साथै कार्यकारी निर्मातामा तिला योगी हुनुहुन्छ ।
संपादनमा नरोतम पाण्डे को रहेएको छ। चलचित्रमा बरिस्ठ साहित्यकार सुरेन्द्र महर्जन अमर को गित रहेको छ भने बिमला सापकोटा को श्रिङ्गार रहेको छ । द्वन्द्व निर्दशन राजु किरातले गर्नुभएको छ ।
नेपाली कथा बस्तु र अहिले समाज मा घट्दै आएको घटनाहरुलाई यथार्थ मा देखाउन खोजिएको चलचित्र निर्माता यगराज कवर बताउँछन् ।
भारत को मुम्बई मा फिल्म लेखन तथा निर्देशनको प्रशिक्षण प्राप्त गरी नेपाल फर्कि केहि चलचित्र लेखन तथा म्युजिक भिडियो मा सह-निर्दशनको काम गर्नुभएको र चलचित्र पापी मन देखि निर्देसन यात्रा सुरु गर्नुभएको प्रेम वश्यालको नेपाली कथानक चलचित्र “पापी मन” को पुर्ण सफलताको शुभकामना ।