काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको जनाएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्। उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको जनाए ।
उनले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको जनाए । उनले अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको जनाए । उनले आफूलाई अध्यावधिक नगरेका कारण कांग्रेस बुढो भएको उल्लेख गरे।
उनले कांग्रेसको कुनै नीति र विधि नरहेको जनाए । उनले भने, ‘अहिले हामी मिसन २०८४ भनेर अघि बढिरहेका छौं। हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो।
त्यसको आवधिक टार्गेट मिसन २०८४ हो। मिसन ८४ भनेको के हो भने हामी एकल बहुमतको हाम्रो सरकार। एकल बहुमतको सरकार कम्ति भनेको हामीले, यो नहुने भन्ने कुरै छैन।’