सोम, असार ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

प्यूठानका सम्पदा वृतचित्र कार्तिकमा सार्वजनिक हुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
प्यूठानका सम्पदा वृतचित्र कार्तिकमा सार्वजनिक हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्राकृतिक छटाले भरिपूर्ण प्यूठान जिल्लाका विभिन्न  धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदाको सांगीतिक वृतचित्र प्रदर्शनी शनिबार काठमाडौंको बागबजारस्थित सिटी म्याक्स सिनेमा हलमा सम्पन्न भयाे ।

प्रमुख धार्मिक तीर्थस्थल स्वर्गद्वारी, गौमुखी, नौबहिनी, झिमरुक नदी, ऐरावतीलगायतका प्यूठानका प्रमुख सम्पदाहरू समावेश गरिएको उक्त वृतचित्र त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभागका उपप्राध्यापक डा. राजन पासाले तयार पारेकाे हाे ।

प्यूठानको बाङ्गेशालमा जन्मिएका पासाले तीन वर्ष लगाएर उक्त वृतचित्र तयार पारेका हुन्। शिक्षा र ग्रामीण विकासमा विद्यावारिधि गरेका उनले करिब साढे तीन वर्ष लगाएर उक्त वृतचित्र तयार पारेका थिए।

धार्मिक एवम् पर्यटकीयस्थल गौमुखीको काखबाट सुरु भएको उक्त सांगीतिक वृतचित्रमा नौबहिनी झरना, लुङ्गका रिजाल बन्धुको सभ्यता एवम् कुलपूजा, झिम्रुक फाँट-नदी, प्यूठान नगरपालिकाका सुन्दर बस्ती, मल्लरानीका विभिन्न सम्पदा, प्रमुख धार्मिक तीर्थस्थल स्वर्गद्वारी, माण्डवी, ऐरावती र सरुमारानीका विभिन्न प्राकृतिक एवम् मनोरम दृश्यालाप गर्न सकिन्छ। ‘जिल्लैभरि सँगसँगै घुम्दै रमाउँला’ स्लोगनका साथ तयार पारिकएको उक्त सांगीतिक वृत्तचित्रमा राजन पासा र नीना बुढामगरले अभिनय गरेका छन् भने गीतमा स्वर राजन पासा र तृप्ती खड्का गुरुङको रहेको छ।

प्रतिनिधिसभाका सांसद् सूर्य थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रदर्शनीमा वरिष्ठ कलाकार हरिहर शर्मा, साहित्यकार जीवराज भट्टराई, प्राडा.प्रेम शर्मा, कलाकार बेगम नेपाली’भटभटे माइलो’, गोरखा पालुङ्टार नगरपालिकाकी उपमेयर बन्दना पाण्डे, माओवादी केन्द्रका नेता कुलमान गिरी, अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष धर्म गिरी, अधिवक्ता विमल पोखरेल, समीर सिंह, अस्मिता केसी, समुन्द्र गिरी, ध्रुव बस्याल, विपी बडाललगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा वृतचित्र तयार तथा विभिन्न कुरामा योगदान दिनेहरूलाई कदरपत्र तथा मायाको चिनोले सम्मान गरिएको उक्त कार्यक्रमका सञ्चालक सञ्चारकर्मी दुर्गाराज पाण्डेले जानकारी गराए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद् थापाले प्यूठानका सम्पदा संरक्षण र जिल्लाको पर्यटन पर्वद्धनमा आफू सधैं प्रतिवद्ध रहेको जनाएका थिए। भौगोलिक कठिनाइका कारण सडक विस्तार हुन नसक्दा स्वर्गद्वारीजस्ता पर्यटकीय स्थलमा पर्यटक जान डराउने अवस्था भएको जनाउँदै यसको समाधानका लागि आफू सक्दो पहल गर्ने उनले जनाए । साे सांगीतिक वृत्तचित्र आउँदो कार्तिक महिनामा राजन पासाकै युट्युब च्यानमार्फत् सार्वजनिक गरिने पासाले जनाएका छन्।

यो पनि पढ्नुहोस्

सोमारी महोत्सवमा कलाकारसँग विभेद

सोमारी महोत्सवमा कलाकारसँग विभेद

१२ घण्टा अगाडि
चलचित्र विकास बोर्डको सहयोगमा जनचेतना नेपालले गर्यो ‘एकदिवसीय चलचित्र कार्यशाला’

चलचित्र विकास बोर्डको सहयोगमा जनचेतना नेपालले गर्यो ‘एकदिवसीय चलचित्र कार्यशाला’

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक