काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशको संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका छन्।
सत्ता गठबन्धनको निर्णय विपरीत काँग्रेसका नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि नैतिकताको कारण देखाएर उनले राजीनामा दिएका हुन् ।
उनले दलको नेताबाट राजीनामा दिए पनि दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहेको बताएका छन् ।