काठमाडौं । भक्तपुर, भक्तपुर नगरपालिका-१ नगरकोटमा बा.६९प ९१० नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ सल्लाघारी बस्ने ६८ वर्षीया भुलिमाया धुगुछुको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको डा.ईवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङ, राप्ती गाउँपालिका-१ भालुबाङ बजारस्थित सडकमा ना.७ ख ५९७१ नम्बरको बसले लु.९२ प ७५७४ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने कपिलबस्तु बाणगंगा नगरपालिका-४ जितपुर घर भएका २३ वर्षीय बिजय खनालको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रस्तावित भालुबाङ अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा, बिर्तामोड नगरपालिका-१ कन्चनजङ्गा अस्पताल अगाडि सडकमा ना.४ ख २०८३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री दोलखा कालिन्चोक गाउँपालिका-५ बस्ने ५१ वर्षीया देवी माया थामीको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।