काठमाण्डौं। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाअन्तर्गत बन्ने प्रसारण लाइनको ठेक्का रद्द भएको छ ।
एमसीए नेपालले आज शुक्रवार एक सूचना जारी गर्दै एमसीसी परियोजनाअन्तर्गत बन्ने तीन वटा प्रसारण लाइनको ठेक्का रद्द भएको जानकारी दिएको हो । सबै बोलपत्रहरू अनुमानित लागतको तुलनामा धेरै बढी भएको कारणले ठेक्का रद्द गरिएको हो । अब प्रसारण लाइन परियोजनाको नयाँ ठेक्का खुलाउने छ ।
अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेन्डर परेको थियो । एमसीए नेपालले प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो । तर न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो ।