बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

नेपालमा किन युवा बस्न चाहन्नन् ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

युवाको पलायन अहिले राष्ट्रिय संकटको रुपमा देखापरेको छ । हरेक दिन १५ सयभन्दा बढी युवा यो देशबाट अन्यत्र मुलुक पुगिरहेका छन् । यो त सरकारले राखेको तथ्यांक भयो । यसबाहेक पनि हरेक दिन स्थलमार्गमार्फत भारत हुँदै अन्य देश जाने नेपालीको संख्या पनि कम छैन । समग्रमा हरेक वर्ष नेपालमा युवाको संख्या घट्दै छ, यहाँ केवल बालबालिका, घरेलु कामकाजमा रहेका महिला तथा वृद्धवृद्धा मात्र छन् । ग्रामीण क्षेत्रमा त युवाको संख्या अत्यन्त न्यून भएको छ भने सहरी क्षेत्रमा पनि त्यसको असर देखिन थालेको छ । त्यसैले पनि यो नेपालका लागि ठूलो राष्ट्रिय संकट हो भन्ने पंक्तिकारलाई लाग्छ ।

युवावस्था भनेको काम गर्ने उमेर हो । कुनै युवालाई सक्षम बनाउन अभिभावक तथा सरकारले लामो समयदेखि लगानी गरिरहेको हुन्छ । त्यसैले उनीहरुको कामबाट देशको अर्थतन्त्र चलायमान हुनुका साथै देशमा विकास र समृद्धिको पनि परिकल्पना गरिन्छ । त्यसैले कुनै पनि देशमा युवाको संख्या धेरै हुनुलाई स्वर्णकाल मानिन्छ । धेरै देशमा युवाको संख्या बढी हुँदा ती देशले विकासमा फड्को मारेका उदाहरण पनि थुप्रै छन् ।

अहिले नेपालमा पनि युवाको संख्या बालबालिका तथा वृद्धवृद्धाको भन्दा धेरै छ । तर यो अवस्था धेरै लामो समयसम्म रहन्न । यसको अर्थ केही वर्षपछि नै नेपालमा युवाको भन्दा वृद्धवृद्धाको संख्या धेरै हुनेछ । अहिले नै विगतमा जस्तो धेरै सन्तान पाउने चलन हटिसकेको छ । बढ्दो आर्थिक भारका कारण युवा एक वा बढीमा दुई सन्तान मात्र चाहना राख्छन् । अझ वैदेशिक रोजगारीमा जाने कारणले सन्तान पाउने उमेर पनि बढ्दै गएको छ । त्यसकारण बालबालिका र युवाको संख्याको विगतमा तुलनामा आगामी दिनमा घट्दै जाने स्पष्ट नै छ । त्यसैले युवाको संख्या धेरै रहेको अवस्था नेपालका लागि स्वर्णकाल हो ।

तर, यो स्वर्णकालको सदुपयोग भने अन्यत्रै देशले गरिरहेका छन् । हो, नेपालमा रोजगारीको कमीका कारण धेरै युवा वैदेशिक रोजगारी तथा अन्य बहानामा विदेश पुगिरहेका छन् । हाल नेपालबाट काम र अध्ययनका लागि युवा विदेशिरहेका छन् । रोजगारी नहुँदा अदक्ष, अर्धदक्ष, दक्ष सबैखाले जनसंख्या खाडी मुलुक, दक्षिण कोरिया, युरोप, अमेरिकाजस्ता स्थानमा पुगिरहेका छन् । खाडी मुलुकमा जाने नेपाली आफ्नो श्रम गर्नसक्ने उमेरसम्म त्यहीँ रहने र काम गर्न नसक्ने भएपछि मात्र नेपाल फर्किने गरेका छन् । त्यसैले नेपाली सस्तो श्रमको उपयोग गरेर खाडी मुलुक झनै समृद्ध बनिरहेका छन् । अर्कोतर्फ जापान, युरोप, अस्ट्रेलिया, अमेरिका तथा क्यानडा जस्ता स्थानमा अध्ययनका लागि भनेर धेरै नेपाली विद्यार्थी पुगेका छन् । यहाँ जानका लागि ठूलो रकम खर्च गर्नुपर्छ । त्यस्तै अध्ययनका लागि पनि नेपालबाट ठूलो रकम विद्यार्थीले लैजाने गर्छन् । एकातर्फ उनीहरुले यसरी नेपालबाट रकम कमाइरहेका छन् भने अर्कोतर्फ त्यहाँ पुग्ने नेपाली विरलै मात्र नेपाल फर्कन्छ । नेपालीलाई स्थानीय नागरिकभन्दा सस्तो पारिश्रमिक दिँदा हुने भएकाले उनीहरुलाई पनि त्यहीँ बस्ने व्यवस्था गरिएको छ । नेपालीहरु पनि यहाँको राजनीतिक अवस्था, अविकासजस्ता कारणहरुले विदेशमा नै बस्न रुचाइरहेका छन् ।

यस्तो अवस्था आउनुको कारण हो, राजनीतिक असफलता, बेरोजगारी र काम गर्ने वातावरण नहुनु । नेपालमा केही दशकमा विभिन्न व्यवस्था फेरिएका छन् । यसले राजनीतिक रुपमा सफलता देखिए पनि जनताको हकमा भने कुनै परिवर्तन भएको छैन । विभिन्न आन्दोलनले नयाँ पार्टी तथा नेतालाई राजनीतिमा स्थापित गरे पनि उनीहरु सक्षम, योग्य र काबिल हुन नसक्दा त्यसको असर देशलाई परेको छ । हरेक राजनीतिज्ञले आफ्नो दुनो सोझ्याउँदा देश विकास ओझेलमा परेको छ । देशमा केवल राजनीतिक परिवर्तन मात्र नभएपछि निराश भएका युवाले विकल्प खोज्ने नै भए । फलस्वरुप अहिले सयौं युवा दैनिक विदेश लागिरहेका हुन् ।

असफल राजनीतिका कारण देशमा विकास निर्माण ठप्प छ । कलकारखानामा उत्साह छैन, कृषक हतोत्साही भएका छन् । देशका वर्षेनि ५ लाख जना रोजगारीको बजारमा आउने गरेका छन् । तर, सरकार रोजगारी सृजना गर्न असफल साबित भइरहेको छ । देशमा रोजगारी नहुनु, भएका रोजगारी पनि अति नै न्यूनतम पारिश्रमिक हुनु, कृषकलाई प्रोत्साहन नहुनु जस्ता कारणले पनि वैदेशिक रोजगारीमा जाने बढिरहेका छन् ।

अर्कोतर्फ देशमा नै केही गर्न चाहने व्यक्ति पनि सरकारी व्यवस्थाका कारण निराश भइरहेका छन् । नेपालको सरकारी व्यवस्था भ्रष्ट, अनियमितता, ढिलासुस्ती जस्ता आरोपका कारण आलोचित छ ।

यहाँ आफैं केही गर्छु भन्नेले ठाउँठाउँमा पैसा बुझाउनुपर्ने, काममा ढिलासुस्ती हुने, अनावश्यक सास्ती खेप्नुपर्ने, बजारको व्यवस्था नहुने, बिचौलियाको जगजगी र सरकारको असहयोग जस्ता समस्याबाट प्रताडित छन् । त्यसकारण नेपालमा केही गर्छु भन्ने र विदेशबाट आएर यहाँ नै केही गर्न खोज्नेहरु पनि ‘नेपालमा केही हुँदैन’ भन्ने मानसिकतामा पुगेका छन् । र, यस्तो अवस्था रहेसम्म कोही युवा पनि देशमा बस्न चाहँदैनन् । जबसम्म युवा देशमा बस्दैनन्, तबसम्म नेपालको विकास पनि सम्भव हुँदैन । यो तथ्यलाई मनन गरी सरकार तथा राजनीतिक दल अघि बढ्न जरुरी छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

३ मिनेट अगाडि
यस्तो छ आज तरकारी तथा फलफूलको भाउ

कृषिउपजको थोक मूल्य निर्धारण

५४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था

मतदाताका घरघरमा मत माग्न पुगे

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक