काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका केही स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । गोरखापत्र दैनिकमा बिहीबार सूचना प्रकाशन गर्दै प्राधिकरणले विद्युत् आपूर्ति प्रभावित हुने जनाएको हो ।
काठमाडौं ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६/११ के.भी. सब स्टेसन स्तरोन्नति गर्ने कार्यका लागि उक्त सब स्टेसनबाट सञ्चालित सामाखुसी, ठमेल, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत् आपूर्ति गर्न भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोङ्गबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरिएका कारण विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको हो ।