मङ्ल, मंसिर १२, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

बच्चा बेचेको आरोपमा डाक्टरसहित ६ जनाविरुद्ध मुद्दा, अध्यक्षलाई उन्मुक्ति

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
बच्चा बेचेको आरोपमा डाक्टरसहित ६ जनाविरुद्ध मुद्दा, अध्यक्षलाई उन्मुक्ति

विराटनगर / अविवाहित युवतीले जन्माएको शिशुलाई बेचेको आरोपमा डाक्टरसहित ६ जना विरुद्ध तीन वटा मुद्दा दायर भएको छ ।

तर नेपाल प्रहरीले घटनाका मुख्य मतियार मानेका अस्पताल सञ्चालकले भने उन्मुक्ति पाएका छन् ।

विराटनगर महानगरपालिका–९ मा रहेको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीले जन्माएको बच्चा (शिशु) बिक्री गरिएको घटनामा विराटनगर महानगरपालिका–२ तीनपैनी घर भएका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय तपेश्वरलाल कर्ण, सिरहा घर भई विराटनगर–११ जनपथ टोल बस्ने ४० वर्षीया नीरु भनिने निर्मला यादव, भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई, मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी ३३ वर्षीया सुधा भनिने सुक्रि राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशी विरुद्ध मुद्दा दायर भएको हो ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा अपहरण तथा व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।

घटनाको अनुसन्धान सकेर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार गरेर ६ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको छ । प्रहरी संगठित अपराधमा मुद्दा दायर गर्न राय दिएको थियो ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार इजलासमा  प्रतिवादीहरुको बयान मंगलबारबाट सुरु हुने छ ।

उनीहरुको बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुने छ ।

अस्पतालबाटै बिक्री गरिएको नवजात शिशुलाई प्रहरीले मोरङको कटहरी गाउँपालिका–२ बाट गत भदौ ५ गते जीवितै उद्धार गरेको थियो । अविवाहित युवतीले गत असार १४ गते जन्माएको शिशु (छोरी)लाई जन्मनासाथ अस्पतालबाटै गायब पारिएको थियो ।

प्रहरीको अनुसन्धानबाट डा. तपेश्वरले बच्चा दिलमनीदेवीको परिवारलाई ५ लाख रूपैयाँमा बिक्री गरेको खुलेको थियो ।

बच्चा बिक्री प्रकरणमा अस्पतालका अध्यक्ष कृष्ण खवास प्रमुख मतियार थिए । उनले दुई लाख रूपैयाँ लिएको अनुसन्धानबाट खुलेको थियो । प्रहरीले उनलाई प्रमुख मतियार बनाएर मुद्दा चलाउन राय दिएको थियो । तर उनलाई भने सरकारी वकिलको कार्यालयले मुद्दा नै नचलाउने निर्णय गरेको छ ।

मुद्दामा प्रतिवादी बनाइएका गोविन्द शिशुका बाबु हुन् । बच्चाकी आमा (अविवाहित युवती)लाई थाहै नदिइकन उनका प्रेमी अर्थात बच्चाका बाबु (गोविन्द), चिकित्सक (डा. तपेश्वर) र अस्पतालमा काम गर्ने कर्मचारीसमेतको मिलेमतोमा दिलमनीदेवीको परिवारलाई बच्चा बिक्री गरिएको पत्ता लागेको छ । डा. तपेश्वर २०७० चैतदेखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) थिए । उनको विराटनगर–९ मा दिपेश मेडिकल हल छ ।

तपेश्वरले ग्रीनक्रस अस्पतालमा कार्यरत सरसफाइ कर्मचारी सुधा भनिने सुक्रीमार्फत दिलमनीदेवीको परिवारलाई बच्चा उपलब्ध गराएका थिए । सुक्री दिलमनीदेवीको आफन्त रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले शिशुका बाबु गोविन्द र डा. तपेश्वरलाई भदौ १ गते र अन्यलाई भदौ ५ गते पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

९१ केजी ५१५ ग्राम अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ

६ घण्टा अगाडि
वेश्यावृत्तिमा लगाएको आरोपमा स्पा सेन्टरका सञ्चालक पक्राउ

वेश्यावृत्तिमा लगाएको आरोपमा स्पा सेन्टरका सञ्चालक पक्राउ

१५ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

टेकुमा सिटिजन्स बैंककाे  १ सय ८९औँ शाखा

टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

४ घण्टा अगाडि
अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कडा कारबाहीको माग पुनः निर्वाचन हुनुपर्ने निष्कर्ष

अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कडा कारबाहीको माग पुनः निर्वाचन हुनुपर्ने निष्कर्ष

४ घण्टा अगाडि
कमेडियन सिंहलाई १० हजार रुपैयाँ जरिवाना

कमेडियन सिंहलाई १० हजार रुपैयाँ जरिवाना

४ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

४ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

एंगेल्सकाे १६०औं जन्म जयन्ति

५ घण्टा अगाडि
नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि

नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि

५ घण्टा अगाडि

लोकप्रिय

  • नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

    नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

    0 shares
    Share 0 Tweet 0
  • बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • गुरु नानकको जन्मजयन्ती आज

    0 shares
    Share 0 Tweet 0
  • दोश्रो संस्करण ऋग्वैदिक हिमालय विषयमा कार्यक्रम सम्पन्न

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भोलिदेखि काठमाडौं बन्द हुने

युवा संघ र दुर्गा प्रसाईं समूहबीच ढुङ्गा हानाहान

नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

मनिराज डंगोलद्वारा लिखित “बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तक बिमाेचन

के पाए जनताले ? नेताहरुले आत्मसमीक्षा गर्ने कि ?

भारतमा सुरुङभित्र फसेका ४१ जना कामदारको उद्धार कार्य जारी

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist