काठमाडाैं । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनको अध्यक्षतामा आज मंगलवार असोज २३ गते देय् दबूको केन्द्रीय कार्यालय काठमाण्डौमा बैठक भयो ।
नेवाः देय् दबू केन्द्रका कार्यबहाक अध्यक्ष चन्द्रलाल राजभण्डारीको विशेष उपस्थति र उपाध्यक्ष शान्त श्रेष्ठ र सचिव हरी कुमार श्रेष्ठको उपस्थिति थियो ।
बैठकले चेतन मानन्धरको हत्या विरोध अभियानप्रति ऐक्यबद्धता जनाउन बुधबार २४ गते फिब्व ख्यः माइतिघर मण्डलामा का.बा. अध्यक्ष राजभण्डारीको नेतृत्वमा जाने र बाग्मती प्रदेशको संसदवाट भाषा विधेयक पारित गरेको बिषयमा कार्यक्रम गर्न विगतदेखि यो आन्दोलनर अभियानमा विगतदेखि सहयोग र भुमिका निर्वाह गर्दै आएका संघ संस्था र भाषिक क्षेत्रमा काम गर्दै आएका संस्थाहरूको सहभागितामा बिहिवार बिहान भेला गर्ने निर्णय भयो ।
बैठकमा नेवाः देय् दबू काठमाण्डौ जिल्ला अध्यक्ष धनबहादुर महर्जन तिमिला, ललितपुर जिल्ला अध्यक्ष रविन्द्र शाक्य र भक्तपुर जिल्ला अध्यक्ष नरेश नेवाः लगायतको सहभागिता थियो ।