मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

प्रमद्वारा त्रिपक्षीय सहायताको प्रस्ताव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
विश्व समुदायले नेपाललाई नजिकबाट चिन्ने वातावरण बनेको छ : प्रधानमन्त्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–चीन–भारतको त्रिपक्षीय सहायताका अवधारणा सार्वजनिक गर्नुभएको छ । हालै मात्र चीनको भ्रमण गरेर आउनुभएका प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङले ‘नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुने छ’ भनी उल्लेख गर्नुभएको अवधारणामा आफू पूर्ण सहमत रहेको पनि बताउनुभयो ।

नेपाल–चीन फ्रेन्डसिप फोरमले राजधानीमा आइतबार आयोजना गरेको ‘बिआरआईको एक दशक : व्यापार लगानी सम्पर्क सञ्जाल र प्राज्ञिक सम्बन्ध’ विषयक अन्तर्क्रियामा उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल–चीन–भारत त्रिपक्षीय सहायताको प्रस्तावमा सहमत हुन आफूले आग्रह गरेको पनि जानकारी दिनुभयो ।

नेपाललाई भूजडित देश बनाउने अवधारणामा आफूले पनि केही दशकदेखि दृढतापूर्वक भन्दै आएको स्मरण गर्दै भन्नुभयो, “अब हामीले उक्त युक्तिलाई वास्तविकतामा बदल्न सामूहिक पहलकदमी लिनुपर्ने छ ।” उहाँले बिआरआई जस्ता परियोजनाको वित्तीय लगानीको मोडेलका बारेमा हामी अझ मसिनो ढङ्गले छलफल गर्ने र चिनियाँ पक्षले पनि लगानीसम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनाका सन्दर्भमा नेपालका लागि अनुदान र सहायताको नीति लिने हाम्रो विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले बृहत्तर तीव्र आर्थिक सामाजिक विकासको टड्कारो आवश्यकता रहेको र यसका लागि परम्परागत प्रवृत्तिको लगानी तथा सहायताका संयन्त्र मात्रले सम्भव नहुनेसमेत उहाँले बताउनुभयो ।

नेपालले बिआरआई जस्ता संयन्त्रमार्फत व्यापक लगानी सहायता भित्र्याउने र पूर्वाधार विकासको आवश्यकता पूरा गर्नुपर्ने बताउनुभयो ।  “हामीले यसका लागि बहुपक्षीय तथा दुई पक्षीय सहायता परिचालनका विधिका अतिरिक्त बिआरआई जस्ता प्रणालीबाट सामाजिक आर्थिक रूपान्तरणको प्रयास गर्नु पर्छ,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र चीन भौगोलिक रूपमा नै जोडिएका मुलुक भएकाले चीनसँग सहकार्य तथा सहायता विस्तारमा नेपाल स्पष्ट रहेको उल्लेख गर्नुभयो । नेपाल र चीन दुवै देशले आफ्ना सम्भावनालाई अवसरमा रूपान्तरण गर्न सक्नु पर्छ,” उहाँले भन्नुभयो, “नेपाल र चीनबिचको सुमधुर सम्बन्धले क्षेत्रीयस्तरमा शान्ति कायम राख्न पनि ठुलो महत्व राख्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले हालै सम्पन्न चीन भ्रमणका क्रममा भएका १३ बुँदे सम्झौताले पनि नेपाल र चीनबिच आर्थिक तथा जनस्तरको सम्बन्ध विकास गर्न ऐतिहासिक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपालमा चिनियाँ लगानीको प्रवर्धन तथा संरक्षणका लागि सरकारले पूर्ण प्रत्याभूत गर्ने उल्लेख गर्दै उहाँले बिआरआईमार्पmत नेपालमा दीर्घकालीन हितको संरक्षण गर्न चाहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा काठमाडौँ स्कुल अफ लका प्राध्यापक डा. युवाराज सङ्ग्रौलाले चीनसँगको घनिष्ट सम्बन्ध विस्तार गर्दै जाँदा भारतमार्फत पनि लाभ सुनिश्चित गर्ने विषय बिर्सन नमिल्ने विचार व्यक्त गर्नुभयो । त्रिपक्षीय सञ्जाल निर्माणमा भारतलाई सहमत गराएर लाभको साझेदारी कायम गर्नु उत्तम हुने सरकारलाई सुझाव दिनुभयो ।

नेपालका लागि चीनका राजदूत छेन सङले चीनले नेपालमा उपलब्ध गराउने सहायतामा कुनै राजनीतिक उद्देश्य नरहने प्रस्ट पार्नुभयो । नेपालको ऊर्जा क्षेत्रमा सहायता विस्तार र कृषि उत्पादन आयात गर्न चीन सरकार उत्सुक रहेको उहाँको भनाइ थियो ।

“उच्चस्तरीय बिआरआई सहायतामार्फत दुवै देशलाई पर्याप्त लाभ हुने कुरामा हामी निश्चिन्त हुनु पर्छ,” उहाँले भन्नुभयो । दुई मुलुकबिच सूचना प्रविधि, विद्युत्, पूर्वाधार, पर्यटन, शिक्षा र औषधी उत्पादनका क्षेत्रमा सहकार्यको प्रचुर सम्भावना रहेको उहाँको भनाइ थियो ।

काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डा. अच्युत वाग्लेले नेपाललाई चिनियाँ विद्यार्थीको आवश्यकता पूरा गर्ने गरी शैक्षिक हबका रूपमा विकास गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “चीनले अहिले बाह्य विश्वको ज्ञान आफूमा केन्द्रित गर्न खोजिरहेको छ, त्यसलाई नेपालका विश्वविद्यालयले लाभको क्षेत्रका रूपमा प्रयोग गर्न सक्छन्, जसबाट दुवै पक्षको हित हुने छ ।”

गोपालचन्द्र सुवेदी गाेरखापत्र

यो पनि पढ्नुहोस्

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

४ घण्टा अगाडि
विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक