शनि, साउन २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

पृष्ठभूमिमा बन्दुक पड्किरहेको सुनिन्छ – ‘सरकारले हाम्रो उद्धार गरोस्’

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / हामी आएको एक महिना भयो । सबैजना कृषिका विद्यार्थी ३ वटा विश्वविद्यालयबाट आएका हौं । अहिले हामी इजिप्टको बोर्डरनिरै ४५ जना छौं । यो गोलभेँडा फार्म हो । हामी बसेको ठाउँ अरुभन्दा सुरक्षित जस्तो देखिन्छ केही समयलाई ।

यहाँ आर्मीहरु घरिघरि आउँछन्, फार्म धनीहरु आउँछन् । हामीले उनीहरुलाई हामी यो ठाउँ सुरक्षित छौं भनेर सोध्दा ‘अहिलेसम्म सुरक्षित छौं तर अबको केही मिनेटमा के हुन्छ भन्न सक्दैनौं’ भन्छन् । अरु फार्ममा भएका विद्यार्थीहरु सबै हिजोदेखि बंकरमा छन् । के कसो छ भनेर फोनमा बुझ्दा पृष्ठभूमिमा बन्दुक पड्किरहेको सुनिन्छ । बंकरमा भएको खाना, पानी पनि सकिन लाग्यो भन्ने छ । पानी खाउँ भने पिसाब लाग्छ । पिसाब लाग्यो भने बाहिर जानुपर्छ भनेर पानी पनि नखाइकन बसेको अवस्था छ ।

सरकारी निकायसँग सिधा सम्पर्क भएको छैन । विश्वविद्यालयलाई दबाब दिइरहेका छौं । विश्वविद्यालयबाट पनि सरकारलाई दबाब दिनुपर्‍यो भनेर । अलिअलि दूतावाससँग कुराकानी भएको छ । तर दूतावासले पनि राम्रो रेस्पोन्स दिएको छैन । विश्वविद्यालयले पनि विज्ञप्ति निकालेर सुरक्षित स्थानमा रहन भनेको छ । यहाँ सुरक्षित स्थान नै छैन, जाने कहाँ ? कसैलाई पनि यहाँ बस्नै मन छैन । हामीलाई उद्धार चाहिएको हो । भारतले एउटा सेलिब्रिटीको लागि चार्टर्ड जहाज पठाएर उद्धार गर्‍यो । बेलायतले आफ्नो नागरिकको उद्धार गर्दै छ । हाम्रो देश चाहिँ पछि परेको छ ।

यहाँ सबै त्रसित छौं । यहाँकै मान्छेहरु बरु अरु देश जान सक्छन् । हामी यस्तो चेपुवामा पर्‍यौं कि न यहाँ बस्न सक्छौं न बाहिर निस्किन । यो देशलाई आक्रमण एक ठाउँबाट मात्रै भएको छैन । हिजो गाजा क्षेत्रमा प्यालेस्टाइनीहरुले मात्रै आक्रमण गरे भन्ने थियो । आज फेरि उत्तरी क्षेत्रमा लेबनानले आक्रमण सुरु गरेको छ । इरानसँग हिजोदेखिकै दुस्मनी थियो । सँगसँगै तालिवानहरु पनि इरानलगायत अन्य देशबाट इजरायलमा युद्ध गर्न अनुमति माग्दै छन् । इजिप्टसँग पनि पहिला नराम्रो सम्बन्ध थियो, अहिले पनि नराम्रो सम्बन्ध भयो भने इजिप्टले आक्रमण गर्न सुरु गर्‍यो भने बन्धक बन्ने हामी नै हो । हामी सीमा पार गर्न तीन मिनेटमात्रै हिँडे पुग्ने ठाउँमा छौं ।

न कुनै स्थान सुरक्षित छ । बंकरमा लुक्ने भनेको पनि स-साना फायरिङ रोक्नलाई हो । गाजा नजिकको क्षेत्रमा बंकरभित्र छिरेर पनि गोली प्रहार गरिरहेका छन् । यो फार्म ७० जनाजति जाम्बियाका विद्यार्थी छन् । १५० जनि थाइल्यान्डका कामदार छन् । ३५० जना कामदार भएको भएर फार्ममै पसल भएकोले अहिलेलाई दुःख छैन । तर अन्य फार्ममा १२ घण्टाभन्दा बढीलाई पुग्ने रासन पानी छैन भन्ने कुरा आएको छ ।

मिल्छ भने आफ्नै देशबाट जहाज चार्टर गरेर हाम्रो उद्धार होस् । हामी त्यो चाहन्छौं । नेपाल आफैंले सक्दैन भने अन्य देशको सहयोग मागेर भए पनि नेपालीको उद्धारको लागि कदम अगाडि बढायो भने खुसी हुन्छौं । सबै जनालाई आफ्नै घरमा फर्काइदियोस् । नेपाल सरकारले नै हो हामीलाई बचाउने अरुबाट केही आशा छैन ।

यो पनि पढ्नुहोस्

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

१ दिन अगाडि
वीरगञ्जमा निषेधाज्ञा हट्याे

वीरगञ्जमा निषेधाज्ञा हट्याे

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

खसी तस्करीमा आएन कमी

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक