काठमाडौं । इजरालयमा फेरि हवाई हमलाको साइरन बज्न थालेको बताइएको छ। बीबीसीका अनुसार फेरि हमलाको संकेत देखिएको जानकारी इजरायल डिफेन्स फोर्सले दिएको छ।
साइरन जेरुशलममा पनि सुनिएको बताइएको छ। जेरुशलममा कम से कम पनि तीन विष्फोटको आवाज सुनिएको छ।
विष्फोटको आवाज रकेट ल्यान्डिङबाट भएको हो वा इजरायलले यसलाई गिराएको हो भन्ने स्पष्ट भइसकेको छैन। यहीबीच इजरायलका रक्षामन्त्री योएब ग्यालेन्टले गाजापट्टीमा पूरै बन्द गरिएको बताएका छन्। त्यहाँ बिजुली, खाना र इन्धन नपठाइने बताएका छन्।