काठमाडौं । संघीय निजामती सेवा ऐन जारी गर्न माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारी र प्रहरीबीच झडप भएको छ। कर्मचारीहरुले आन्दोलनका क्रममा सोमबार दिउँसो नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको हो।
स्थानीय तह कर्मचारी संघर्ष केन्द्रीय तदर्थ समितिले संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूका मागहरू समावेश गरी तत्काल ऐन जारी गर्ने मागसहित प्रदर्शन गरिरहेको छ।
समितिले ९ दिनदेखि दबाबमूलक कार्यक्रम गर्नुका साथै ७५३ वटै स्थानीय तहमा अत्यावश्यकभन्दा बाहेकका सबै कामकाज बन्द गर्ने र काठमाडौं आउन नसक्ने कर्मचारीहरूले स्थानीय तहमै विरोधको कार्यक्रम गर्दै आइरहेको छन्।