मङ्ल, चैत्र ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आक्रमणमा परेर १२ जना थाई नागरिकको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
आक्रमणमा परेर १२ जना थाई नागरिकको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्यालेस्टाइनको विद्रोही सेनाको आक्रमणमा परेर १२ जना थाई नागरिकको मृत्यु भएको छ । ११ जना थाई नागरिक अपहरणमा परेको रोयटर्सले जनाएको छ ।

थाइल्याण्डका डेपुटी परराष्ट्र मन्त्री जाकाफोङ साङमाग्नलेलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार ८ जना थाइ नागरिक घाइते भएका छन् । यस्तै इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्रमा ४ अमेरिकी नागरिक मारिएको सिएनएनले जनाएको छ । स्टेट अफ सेक्रेटरी एन्टोनी ब्लिकेनलाई उदृत गर्दै सिएनएनले जनाए अनुसार हराएका र हताहती भएकाहरुको संख्या खोजी भइरहेको छ । ‘धेरै अमेरिकन मारिएको विवरण आएका छन् । त्यसलाई पुष्टि गर्न लागिरहेका छौं, एन्टोनीले सिएनएनसँग भनेका छन्, ‘हराइरहेका खबर पनि छन्, तिनीहरुलाई पनि पुष्टि गर्न लागिरहेका छौं ।’

इजरायलस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै आवश्यक सहयोगका लागि ‘क्राइसिस इनटेक फर्म’ भर्न आग्रह गरिएको छ । अमेरिकी नागरिकको हताहतीको संख्या निश्चित गर्न लागिरहेको राष्ट्रिय सुरक्षा काउन्सिलले जनाएको छ । युक्रेनका दुई नागरिक मारिएका छन् । मृतक दुबै महिला रहेको लामो समयदेखि इजरायलमा बसोबास गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनीहरुको मृत्युको कारण विस्तृतमा युक्रेनी परराष्ट्र मन्त्रालयलले नखुलाएको द टाइम्स अफ इजरायलले जनाएको छ । इजरायल–प्यालेस्टाइन युद्धका क्रममा भारतका २७ नागरिकलाई इजरायलबाट इजिप्ट पुर्‍याइएको छ ।

राज्यसभा सदस्य वानवेइरी खारलुखी, उनकी पत्नि, छोरीसहित भारतीय नागरिकलाई सुरक्षित रुपमा सीमा कटाइएको छ । २७ जना नै मेघालयका रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । इजरायलमा १८ हजार बढी भारतीय नागरिक छन् । त्यस मध्ये धेरै जना केयर गिभरको रोजगारीमा छन् । इजरायली सैनिक सेवामा रहेका बेलायती एक नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ । इजरायलको सुरक्षा फौजमा रहेका बेलायती नागरिक नाथानेल योङको हमासले गरेको आक्रमणमा मृत्यु भएको छ । बेलायती एक नागरिक हराइरहेको बीबीसीले लेखेको छ । फ्रान्सको एक महिलाको मृत्यु भएको रोयटर्सले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आइतबारसम्म फ्रेन्च नागरिकको हताहतीको पूर्ण जानकारी संकलन भइसकेको छैन । घाइते बेलारुसका दुई जना नागरिकको अवस्था गम्भिर रहेको दी टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । हमासले दुई मेक्सिकनलाई नियन्त्रणमा लिएको छ । जर्मन–इजरायली एक नागरिक हमासको नियन्त्रणमा रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । कम्बोडियाका एक विद्यार्थीको मृत्य भएको छ ।

यो पनि पढ्नुहोस्

रूसको तेल केन्द्रमा आगलागी

रूसको तेल केन्द्रमा आगलागी

१ दिन अगाडि
तत्काल इराक छाड्न अमेरिकी दूतावासकाे अपिल

तत्काल इराक छाड्न अमेरिकी दूतावासकाे अपिल

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक