सल्यान । कपुरकोट गाउँपालिका-३ मुलपानीस्थित सडकमा दाङको तुल्सीपुरबाट सल्यानको जयचौरतर्फ आउँदै गरेको ना.६ ख ५४६३ नम्बरको बस सडकबाट करिब ७० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा बसमा सवार त्रिवेणी गाउँपालिका-६ बस्ने ४४ वर्षीया अनिता बोहरा र दाङ तुलसीपुर उपमहानगरपालिका-६ बस्ने ३१ वर्षीया सुनिता सुनार रहेका छन् ।
दुर्घटनामा घाइते भएका २१ जनामध्ये १ जनाको सिटि अस्पताल, १ जनाको मेडिकल कलेज कोहलपुर, २ जनाको नर्सिङ होम नेपालगंजमा उपचार भइरहेको छ भने १७ जना उपचार पश्चात डिश्चार्ज भएका छन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।