काठमाडाैं । आज साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ठूलो अंकको गिरावट देखिएकाे छ ।
आइतबार नेप्से परिसूचक ३५ दशमलव ६७ अंकले तल झरेको छ । यो गिरावटबाट नेप्से परिसूचक १९२१ दशमलव २४ बिन्दुमा तल झरेर अडेको छ । यसरी परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने १ अर्ब ८० करोड १७ लाख ६६ हजार रुपैयाँको भएको छ ।
आइतबारको कारोबारमा जम्मा १६ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१३ वटाको घटेको छ । चारवटा कम्पनीको मूल्यमा भने कुनै हेरफेर आएको छैन । आइतबार ठूलो अंकले बजार घट्दा पनि दुईवटा कम्पनीको सेयर मूल्यमा भने नाै प्रतिशतमाथि बढोत्तरी देखिएको छ । यी कम्पनीमा वाराही हाइड्रोपावर पब्लिक लिमिटेड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ रहेका छन् । त्यसैगरी, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र गरिमा डिभेन्चर, २०८५ को मूल्यमा भने १० प्रतिशतको गिरावट आएको छ । आइतबार शिवम् सिमेन्टको सर्वाधिक बढी मूल्यको कारोबार भएको छ । यसको ६ करोड ७३ लाख ८१ हजारको कारोबार भएको हो ।