आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

इजरायलमा रहेका नेपाली भन्छन्– सरकारले चाँडोभन्दा चाँडो उद्धार गरोस्

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
इजरायलमा रहेका नेपाली भन्छन्– सरकारले चाँडोभन्दा चाँडो उद्धार गरोस्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण गरेपछि इजरायलमा काम गर्न गएका नेपाली विद्यार्थीहरु नेपाल फर्किन चाहेका छन् ।

अहिले पनि विभिन्न ठाउँमा मिसाइलहरु आक्रमण भैरहेकाले सरकारले चाँडै उद्धार गरेर स्वदेश फर्काइदिओस् भन्ने उनीहरुको माग छ ।

स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेबाट नै इजरायल माथि प्यालेस्टाइनी विद्रोही समूहले आक्रमण सुरु गरेको कृषि अध्ययन र कामका लागि गएका नेपाली विद्यार्थी सुरज भण्डारीले बताए ।

परराष्ट्र मन्त्रालयका अनुसार घटनामा १४ जना नेपाली काम गर्ने एक कृषि फार्ममा आक्रमण हुँदा ९ जना घाइते भएका र तीमध्ये दई जनाको अवस्था गम्भीर छ । एग्रिकल्चरको किवुज कम्युनिटीमा काम गर्ने विद्यार्थी घाइते भएको जनाइएको छ ।

घटनास्थलबाट करीव ३० किलोमिटर पर रहेको सोरासिम नर्सरी फार्ममा काम गर्ने चितवन भरतपुरका युदिन ढकालले आफूहरु अहिले पनि बंकरमा नै बसिरहेको बताए । उनको फार्ममा काम गर्ने १८ जना नेपाली बंकरमा नै बसिरहेको र अहिलेसम्म कसैले पनि सहयोग नगरेको गुनासो गरे । ‘हाम्रो उद्धार कतिबेला होला भनेर पखाईमा छौं,’ अनलाइनखबरसँग कुराकानी गर्दै युदिनले भने, ‘हामीले आफूले ल्याएको केही खाने कुरा खायौं ।’

घटना भएको स्थल नजिकै सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुसमेत परेको जानकारी आएको भण्डारीले बताए ।

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट कृषि, पशु विज्ञान तथा पशु चिकित्सा र वन संकायमा अध्ययन गर्ने विद्यार्थीहरु इजरायल गएका छन् । कृषि विश्वविद्यालयबाट १ महिना अगाडि तथा त्रिवि र सुदूरपश्चिम विश्वविद्यालयबाट २५ दिन अगाडि मात्रै विद्यार्थीहरु पढ्दै काम गर्न भनेर इजरायल गएका हुन् ।

उनीहरु हप्तामा एक दिन पढाइ र बाँकी दिन काम गर्ने गरी नेपालबाट इजरायल गएका थिए । विद्यार्थीहरुलाई विभिन्न फार्ममा बाँडेर ५ जनादेखि ३४ जनासम्मलाई राखेर काममा लगाइएको थियो ।

इजिप्ट नजिकैको सीमा क्षेत्रमा केही सुरक्षित जस्तो भए पनि बाँकी ठाउँमा कहाँ, कतिबेला, के हुन्छ भन्न सक्ने अवस्था नरहेको भण्डारीले बताए ।

उनका अनुसार गाँजापट्टी नजिकै क्षेत्रमा रहेका फार्ममा काम गर्नेहरु बढी जोखिममा छन् । ‘हामीहरु अहिले दूतावासको सम्पर्कमा छौं,’ भण्डारीले भने, ‘तर कतिपय साथीहरु बंकरमा नै बसेको र कोही घाइते भएकाले एकिन अवस्था छैन ।’

उनले आफूहरु केही सिक्न र केही काम गर्नका लागि इजरायल आएको तर दुई देशबीचको लडाइँको चपेटामा परिने खतरा भएकाले स्वदेश फर्किन चाहेको बताए । ‘सबै विद्यार्थीहरु त्रसित र भयभित भएको अवस्था छ, आफूसँग भविश्य नभएर आएको हैन,’ भण्डारीले भने, ‘चाँडोभन्दा चाँडो स्वदेश फर्किन चाहान्छौं ।’

यो पनि पढ्नुहोस्

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

४ दिन अगाडि
अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक बोलाउन माग

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

नेपालले भुटानलाई ६-१ गोलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक