आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

हमासले गरेको रकेट हमलामा परी मर्नेको संख्या चार पुग्याे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
हमासले गरेको रकेट हमलामा परी मर्नेको संख्या चार पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गाजा पट्टीबाट इजराइलतर्फ हमासले गरेको रकेट हमलामा परी मर्नेको संख्या चार पुगेको छ।

टाइम्स अफ इजराइलका अनुसार गाजा पट्टीबाट रकेट हमला गरेपछि हमासका लडाकुहरूले इजराइलमा घुसपैठ गरेका छन्।

कुसेफीका मेयर अब्द अल-अजिज नासाराले गाजाबाट रकेट हमलाको वर्षा हुँदा धेरै घाइते भएको भन्दै चार जनाको मृत्यु भएको पुष्टि गरे।

दक्षिणी इजराइलको बेडोइन सहर कुसेफी गाजा पट्टीबाट करिब ६५ किलोमिटरको दूरीमा छ।

समाचारअनुसार यसअघि रकेट आक्रमणमा एक महिलाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको थियो।

रकेट हमलापश्चात् इजराइली सेनाले युद्धका लागि तयार रहेको घोषणा गरेको छ।

‘इजराइली प्रतिरक्षा फौज (आइडिएफ) ले इजरायल युद्धका लागि तयार मुलुकका रूपमा घोषणा गर्दछ’, विज्ञप्तिमा भनेको छ, ‘इजराइली भूमिमा गाजाबाट व्यापक रकेट प्रहार भएको छ र थुप्रै प्रवेश विन्दुबाट इजराइली भूमिमा आतंककारीहरूले घुसपैठ गरेका छन्।’

आइडिएफले मुलुकका दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दाहरूलाई सुरक्षित अवस्थामा रहन आवश्यक रहेको बताएको छ।

यसैबीच आइडिएफले गाजा पट्टीमा उसले जवाफी हमला गरिरहेको बताएको छ।

प्रतिरक्षामन्त्री योआभ गालान्टले हमाले अप्रत्याशित आक्रमण गरेपछि रिजर्भमा रहेका सैनिकहरूलाई बोलाउने कदमलाई अनुमति दिएका छन्।

सन् २००७ मा हमास सत्तामा आएपछि इजराइलले गाजामा प्रतिबन्ध लगाउँदै आएको छ। त्यसयता प्यालेस्टिनी लडाकु र इजराइलबीच विनाशकारी युद्ध भएका छन्।

पछिल्लो हमला इजराइलले सेप्टेम्बरमा गाजाका कामदारमाथि दुई साताका लागि सीमा बन्द गरेपछि बढ्दो तनावका बीच भएको हो।

यो पनि पढ्नुहोस्

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

४ दिन अगाडि
अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक बोलाउन माग

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

नेपालले भुटानलाई ६-१ गोलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक