पोखरा / नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको मतदान सकिएको छ। ८८७ मत खसेको छ। प्रदेश अधिवेशनमा ९०७ प्रतिनिधि छनोट भएका थिए।
बिहिवार मध्याह्न १२ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको हो। अबको केहीबेरमा मतगणना सुरु गर्ने निर्वाचन कमिटीको तयारी छ।
गण्डकिमो अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन्। मीनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्षमा प्रतिस्पर्धा गरेका हुन्।
धनन्जय दवाडी र रश्मि आचार्यले सचिवमा प्रतिस्पर्धा गर्दा उपसचिवमा दामबहादुर विक र सन्तोष रावल, महिलातर्फ मन्जु अधिकारी र मिना गुरुङबीच प्रतिस्पर्धा भएको छ।
असोज १५ देखि गण्डकीको अधिवेशन सुरु भएको थियो। मतदानका लागि प्रतिनिधिले ४ दिन कुर्नुपरेको छ। बिहिबारको मतदान भोटिङ मेसिनमार्फत भएको हो।