मङ्ल, मंसिर १९, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

न्यायमूर्तिहरुलाई सचेत बन्न संसदको सन्देश

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?

–प्रीति रमण

विभिन्न विवादका कारण नेपालको न्यायालय बेलाबेलामा आलोचित बन्ने गरेको छ । न्यायालयमा राजनीतिक प्रभाव, न्यायाधीशको नियुक्तिमा राजनीतिक चलखेल, अदालतभित्रै विभिन्न बेथितिका कारण विवादमा आउने गरेको हो । यसले निष्पक्ष न्याय सम्पादनमा असर त परेको छ नै न्यायालयप्रति जनताको विश्वास पनि कम हुँदै आएको छ । न्यायालयमा देखिएको विकृति पछिल्लो उदाहरण हेरौं , जिल्ला अदालतका न्यायाधीश खुला परीक्षाबाट पनि नियुक्त गर्ने व्यवस्था छ । त्यसै व्यवस्थाअनुसार न्याय सेवा आयोगको अनुरोधमा लोक सेवा आयोगले परीक्षा लिँदै आएको छ तर अधिकांश परीक्षार्थी अनुत्तीर्ण हुँदै आएका छन् । यो वर्ष २९ न्यायाधीशका लागि २ सय ११ जनाले परीक्षा दिएकामा एक जना मात्रै उत्तीर्ण भएका थिए । तर, विगतमा झैं यसपाला पनि न्याय परिषद्ले अनुत्तीर्ण भएकै मध्येलाई जिल्ला न्यायाधीशमा नियुक्ति दिएको छ । आयोगले जिल्ला न्यायाधीशमा रिक्त ३८ पदमध्ये २९ का लागि खुला परीक्षा लिएको थियो, जसमा २ सय ११ जनाले परीक्षा दिएका थिए । तर, सर्वोच्च अदालतका इजलास अधिकृत पारसमणि पोखरेल मात्रै उत्तीर्ण भएका थिए ।

त्यसलगत्तै परिषद्को असोज २ मा बसेको बैठकले परीक्षाबाट पूर्ति हुन नसकेका २८ जना न्यायाधीशलाई न्याय सेवाका कर्मचारीमध्येबाट नियुक्त गरेको हो । त्यसमा १५ जना लोक सेवा आयोगको परीक्षामा फेल भएका छन् । अरू १३ जनाले त्यो परीक्षासमेत दिएका थिएनन् । संविधानले तीनै तहका अदालतका न्यायाधीशबाट भएका निर्णयमा अख्तियारको प्रवेशमा बन्देज लगाएको छ । न्यायाधीशबाहेक न्यायपालिकाभित्रका अन्य अनियमितता छानबिन गर्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई रोक लगाइएको छ । सर्वोच्च अदालत र भक्तपुर जिल्ला अदालतको भवन निर्माणमा अनियमितता भएको भन्दै अख्तियारमा परेको उजुरी यसको उदाहरण हो । दुवै अदालतको भवन निर्माणमा भएको भनिएको अनियमितता जाँचबुझ नै नगरी तामेलीमा राखिएको छ ।

महालेखापरीक्षकको कार्यालयले समेत ५९औँ प्रतिवेदनमा छानबिनका लागि भनेको छ । तर, भवन निर्माण समितिमा न्यायाधीश रहने भएकाले न्यायाधीशको निर्णयमाथि छानबिन गर्न नमिल्ने संवैधानिक व्यवस्थाका कारण कुनै जाँचबुझ हुन सकेको छैन । यिनै कारणले न्यायालय र न्यायाधीशमाथि बेलाबेलामा प्रश्न उठ्दै आएको छ । अहिले संसदमा पनि न्यायालयमाथि प्रश्न उठ्न थालेको हो । हालै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले न्यायपालिकालाई आफ्नो विभागजस्तो बनाउन खोजेको आरोप लगाए । गत मंगलबार प्रतिनिधिसभा बैठकमा उनले एमालेले न्यायपालिकालाई गठबन्धनको विभाग बन्न नदिने जिकिर गरेका छन् । उनले ।।।न्यायापालिकालाई स्वतन्त्र न्यायपालिका रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको’ दाबी गदै त्यो सम्भव नहुने जनाएका छन् । उनले न्यायालयलाई स्वतन्त्र सम्मानित मर्यादित न्यायापालिकाको रुपमा राख्न चाहेको पनि उल्लेख गरेका छन् । जिल्ला न्यायाधीशको परीक्षामा फेल भएका र गत निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने व्यक्ति न्यायाधीश नियुक्त भएको ओलीको भनाइ थियो । आफूविरु द्धको संसद विघटनको मुद्दामा बहस गर्ने वकिललाई पनि न्यायाधीश बनाएको उनको आरोप थियो ।

उनले सत्तारुढ गठबन्धनले चाहेजस्तो आदेश नगर्ने न्यायाधीशलाई रोल्पा रुकुम सरुवा गरिएको पनि आफ्नो भाषणमा बताएका छन् । न्यायाधीश नियुक्ति र सरुवा न्यायप्रणालीमाथिको प्रहार र अदालतमाथि जनविश्वास कमजोर पार्ने प्रयास भएको उनको टिप्पणी थियो । न्यायालयमा हरेक पटक जुन सरकार भए पनि प्रभावित पार्ने खेल भइरहेको छ । अझ न्यायाधीशलाई पार्टीको बफादार बनाउनका लागि वकिल हुँदादेखि नै राजनीतिक आधारमा छुट्याउने प्रयास छ । यसले न्यायालयमा भइरहेको राजनीतीकरणको विकृतिलाई झनै बढावा दिएको छ । न्यायालयको बेथितिको असर भने यसको कार्यसम्पादनमा परेको छ । सर्वोच्च अदालतमा ३५ हजारभन्दा बढी मुद्दा विचाराधिन अवस्थामा छन् । पाँच हजारभन्दा धेरै मुद्दा ५ वर्षभन्दा पुराना हुन् । वर्षौसम्म न्यायका लागि धाउनुपर्ने बाध्यता त छ नै, शंखास्पद फैसलाका गुनासा बढेको बढ्यै छन् ।

न्यायालय ठिक ढंगले अघि बढ्न नसक्नुको मुख्य कारण राजनीतिक हस्तक्षेप र स्वार्थ मानिएको छ । मुद्दाको चाप छ । तर नियमित सुनुवाई हुन सकेको छैन । गम्भीर प्रकृतिका मुद्दामा चलखेलको आरोप छ । कार्यबोझ घटाउन पनि पहल भएको छैन । नेतृत्वको रोलक्रम पूर्वनिर्धारित गरिनु र कति समय सर्वोच्च अदालतको न्यायाधीश हुन पाउने भन्ने यकिन नहुनु पनि अर्को समस्या हो । न्यायालयको सबै बेथितीको मुख्य जरो भनेकै योग्यता र क्षमताभन्दा न्यायाधीश नियूक्तिमा हुने राजनीतिक हस्तक्षेप नै हो । के दलहरु न्यायालय सुधारका लागि तयार छन् ?

यो पनि पढ्नुहोस्

अर्थतन्त्र अझै दबाबमा : प्रधानमन्त्री

राष्ट्र ठग्नेहरूलाई छोड्न नसकिने : प्रम प्रचण्ड 

१० घण्टा अगाडि
‘सुन्न पाए मायाले मायाले बोलेको, शीतल हुन्थ्यो मनको घाउ पोलेको’को सार्वजनिक

नेकपा एस पार्टीकाे सचिवालय बैठक जारी

१३ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तिमा ८५ सर्वसाधारणको मृत्यु

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तिमा ८५ सर्वसाधारणको मृत्यु

१० घण्टा अगाडि
कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

१० घण्टा अगाडि
अर्थतन्त्र अझै दबाबमा : प्रधानमन्त्री

राष्ट्र ठग्नेहरूलाई छोड्न नसकिने : प्रम प्रचण्ड 

१० घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

आज शेयर बजार दोहोरो अंकले घट्यो

१० घण्टा अगाडि
विपिन जोशीको रिहाइका लागि आग्रह

विपिन जोशीको रिहाइका लागि आग्रह

१० घण्टा अगाडि
नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन आईसीएसआईडीमा निवेदन

एनसेल सेयर छानबिन गरी कानुनी दायरामा ल्याउन माग

११ घण्टा अगाडि

लोकप्रिय

  • कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

    कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

    0 shares
    Share 0 Tweet 0
  • इमाडोलमा सिटिजन्स बैंककाे १९०औँ शाखा

    0 shares
    Share 0 Tweet 0
  • एम्नेस्टी इन्टरनेसनल नेपालको ३२औँ बार्षिक साधारणसभा सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • विप्लवले पक्राउ पुर्जीविरुद्ध आन्दोलन गरे घोषणा

    0 shares
    Share 0 Tweet 0
  • गङ्गा दाहाललाई सेनाले सलामी दिएकोमा सांसद सिहको आपत्ति

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

इन्टरमोडल र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबिच सम्झौता

एम्नेस्टी इन्टरनेसनल नेपालको ३२औँ बार्षिक साधारणसभा सम्पन्न

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist