सोम, असार ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालगन्जको अवस्था क्रमशः सुधारिँदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नेपालगन्जको अवस्था क्रमशः सुधारिँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगन्ज । नेपालगन्जको अवस्था क्रमशः सुधारिँदै गएको छ । धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबार दिउँसो १ बजेदेखि कफ्र्यु लगाएको छ ।

अवस्थामा सुधार आए पनि बुधबार कफ्र्यु भने हटाइएको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मङ्गलबार अपराह्न ३ बजेसम्म केही छिटपुट घटना भए पनि त्यसयता कुनै पनि घटना नभएको र नगर शान्त तथा सामान्य अवस्थामा फर्कंदै गएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीले नगरको अवस्था शान्त र सामान्य बन्दै गएको जनाउँदै कफ्र्युको पालना गर्न र घरमै बस्न आमनागरिकसँग आग्रह गरिएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार दिउँसो नेपालगन्जमा सद्भाव र शान्तिका लागि निर्णय लिने उद्देश्यले सर्वपक्षीय बैठक बोलाइएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नगरको शान्ति सुरक्षा मजबुत बनाउँदै सद्भाव र एकता बहाल गर्न सबै पक्षलाई बोलाएर सहमत गराई अवस्था सामान्य पार्ने प्रयास भइरहेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा सहभागी अधिकांशले नेपालगन्जमा शान्ति र सद्भाव कायम गर्नु अपरिहार्य भएको जनाउँदै सोका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बैठकमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डे, बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणा, प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, पूर्वमन्त्री मोहम्मद इस्तियाक राई, नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी उमेशराज जोशी, राजनीतिक दलका नेता, धार्मिक सङ्घ संस्थाका अगुवाको उपस्थिति थियो ।

सहभागी सबैले दुई दिनभित्र शान्ति र सद्भाव कायम गरेर नेपालगन्जलाई पुरानै अवस्थामा फर्काउने सहमति भएको बैठकमा सहभागी पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले बताउनुभयो ।

यसैबिच अत्यावश्यक कामले बाहिर निस्केका सर्वसाधारणलाई सामान्य सोधपुछ गरेर प्रहरीले गन्तव्यतर्फ जान दिएको स्थानीयले जनाएका छन् । यसअघि जमुनाहा नाकामा फसेका करिब एक हजार नेपालीलाई नेपालगन्ज ल्याएर सम्बन्धित ठाउँतर्फ प्रहरीले पठाएको छ भने राँझा विमानस्थलसम्म जाने यात्रुलाई पनि सहज रूपमा आउन जान दिइएको छ । एक पटक फेरि पनि सबै समुदायका धर्मगुरु र अगुवाले शान्ति र सद्भाव कायम गर्न अपिल गर्दै सबैले एक अर्काको धर्मको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

धार्मिक सद्भाव समितिका अध्यक्ष तथा वागेश्वरी मन्दिरका मूल महन्त योगी चन्दननाथ र मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले एक अर्काको धर्म र संस्कृतिको सम्मान गर्दै शान्ति कायम गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

१३ घण्टा अगाडि
सोमारी महोत्सवमा कलाकारसँग विभेद

सोमारी महोत्सवमा कलाकारसँग विभेद

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक