काठमाडाैं । ललितपुर जिल्लाको उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारमा उपाध्यक्षमा सुनिल शाक्य ‘हान्टाई’उम्मेदवारी दिएका छन् ।
उद्योग समूहबाट कार्यसमिति सदस्यका उम्मेदवारहरू सुसन महर्जन , सुरज बज्राचार्य उद्योग उपाध्यक्ष पदका उम्मेदवार रमेश सिं महर्जन संस्थापक उपाध्यक्ष, आशिष शाक्य, गुण केशरी ताम्राकार, संघ रत्न डंगोल, सबुता महर्जन, सुदीक्षा डंगोल, अनिल महर्जन उद्योग सदस्यमा, वाणिज्य समूहबाट कार्यसमिति सदस्य उम्मेदवारहरूमा प्रेम काजी शाक्य, बिक्रम बज्राचार्य, महेश्वर लाल खोसी, राजेन्द्र लामा तामाङ्ग (राजु), लक्ष्मी केशरी श्रेष्ठ, महेश श्रेष्ठ, सुनिल कुमार श्रेष्ठ वाणिज्य महासचिव पदका उम्मेदवार, राजु महर्जन कोषाध्यक्ष पदका उम्मेदवार, लक्ष्मी कृष्ण श्रेष्ठ (चि माईला) सुनील कुमार श्रेष्ठ, सुरज महर्जन, पुर्ण बहादुर महर्जन कार्यसमिति सदस्य संस्थागत तर्फबाट उम्मेदवार रवि महर्जन एशोसियट क्षेत्रबाट कार्यसमिति सदस्य निविरोध निर्वाचित उम्मेदवार रहेका छन् । संस्थागत सदस्य पुर्ण बहादुर महर्जनले उम्मेदवारी दिएका छन् ।
हस्तकला, उद्योग र व्यापारको केन्द्रको रुपमा रहेको ललितपुर जिल्लाको उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको मैदान ताति रहेकाे बेलामा चुनाबी मैदानमा देखिएका तीन प्यानलहरुले आआफुलाई जितको दाबेदार प्रस्तुत गरिरहेको भएतापनि रुपकमान महर्जन समूहको जित्न पक्का दावी गरिरहेकाे उद्योगी व्यवशायीहरुले जनाएका छन् ।
अध्यक्ष पदमा उठेका रुपकमान महर्जनको सक्षम, मिलनसार, समन्वयकारी र सुझबुझपुर्ण व्यक्तित्व, अर्कोतिर उनको प्यानलका सक्षम र लोकप्रिय उम्मेदवारहरुको सन्तुलित मिश्रण ! त्यसमाथि योजनाबद्द प्रचार अभियान, टीमका सदस्यहरुको लगाव, समाजका विभिन्न निकाय, बुद्धिजीवी वर्ग र राष्ट्रिय पहिचान सहितका सामाजिक व्यक्तित्वहरुको विश्वास र साथपनि यही समूहलाइ रहेका कारणपनि जित सुनिश्चित रहेकाे जनाएका छन् ।
रुपकमान महर्जनसंग भएको दृष्टिकोण, योजना, कार्यदक्षता र नेतृत्वमा रहेकाले जितको आधार सबल बनाएको जनाइएकाे छ । व्यापार र उद्योगमैत्री वातावरण निर्माण गर्न र सबै तह र तप्काका उद्दमीहरुको हकहितमा स्पष्ट सोच र अडानकासाथ उभिन सक्ने र हरेक समस्याको रणनैतिक र सुझबुझपुर्ण निकास निकाल्न सक्ने क्षमताका कारण पनि प्रतिस्पर्धाकाे दौडमा उनी र उनको प्यानल अगाडि देखिएको छ । ललितपुर उद्योग वाणिज्य संघलाइ एउटा जीवन्त, उर्जाशील र परिणाममुखी संगठनको रुपमा बिकास गरेर राष्ट्रिय, अन्तराष्ट्रिय सहकार्य प्रबर्द्दन गरी उद्योगी व्यवशायीहरुका लागी सम्भावनाहरुका र अवशरहरुका ढोका खोल्ने प्रतिबद्ताका कारणपनि उनको समुह जितको नजिक रहेको छ ।