काठमाडौं । एशियन गेम्समा मंगलबार सम्पन्न नेपाल र भारतबीचको खेलमा खराब अम्पायरिङ भएको छ । अम्पायरिङ खराब भएकै कारण नेपालले हारेको भन्दै नेपाली क्रिकेटप्रेमीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिइरहेका छन् ।
नेपालविरुद्ध शतकीय पारी खेलेका भारतीय ब्याट्सम्यान यशश्वी जैसवाल १०औं ओभरमा ७२ रन बनाएर खेलिरहेका बेला दिपेन्द्र सिंह ऐरीको बलमा एलबिडब्लु अपिल भएको थियो । तर अम्पायरले जैसवाललाई आउट दिएनन् । रिप्लेमा हेर्दा उनी आउट भएको देखिएको थियो । चर्चित भारतीय कमेन्टटेटर आकाश चोपडाले पनि कमेन्ट्रीको क्रममा भार सिस्टम भएको भए उनी आउट हुने बताएका थिए । त्यसै यस खेलमा नेपालका ब्याट्सम्यान कुशल भुर्तेल पनि गलत निर्णयको शिकार भएका छन् । २८ रन बनाएर खेलिरहेका कुशल भारतीय बलर साइ किशोरको बलमा आभेस खान को क्याचमा अम्पाएरले आउट दिएका थिए । तर आभेसले लिएको क्याच बारे अम्पाएरले सहि निर्णय नदिएको देखिएको छ ।
उनले बल समात्दा बलले ग्राउण्डमा छोएको देखिएको छ । एशियन गेम्समा रिभ्यू सिस्टम नहुदा गलत अम्पाएरिङको शिकार नेपाल भएको अहिले चर्चा भइरहेको छ । भारतले दिएको २०३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो र खेल २३ रनले हारेको थियो ।